सरकारले उद्योगीको मागअनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका छन्। उपभोक्तालाई भार पर्नेगरी चिनी उद्योगीले फ्याक्ट्री मूल्य नै प्रतिकिलो सात रुपैयाँ बढाएका हुन्।
नेपाल चिनी उद्योग संघका अनुसार यो वर्ष चिनीको फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। गत वर्षको तुलनामा मूल्य ६ रुपैयाँ ९१ पैसा बढी हो। उपभोक्तासम्म पुग्दा चिनीको मूल्य ८५ देखि ९० रुपैयाँ पर्छ। सरकारले उखुको मूल्य नबढाए पनि उद्योगीले चिनी आयातमा प्रतिबन्ध लागेको मौका छोपेर भाउ बढाउने निर्णय गरेका हुन्। नागरिक दैनिकमा खबर छ ।