गरिवी र बेरोजगारी समस्या प्राथमिकतामा – मन्त्री विष्ट

0
909

मुलुकको गरिवी र बेरोजगारी समस्यालाई माथी उठाउनु नै सरकारको प्राथामिकता रहेको बताउनुभएको छ । गरिवी र बेरोजगारीले हजारौँ युवा बर्षेनि बिदेशीन बाध्य छन् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले भन्नुभयो–सरकारको चाहना पनि गरिवी, बेरोजगारी समस्या नै हटाउने हो । पाल्पाको रामपुरमा शुक्रवार शुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्नुहुदै मन्त्री बिष्टले जनताका गरिवी टहाउन मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापनामा सरकार लागेको बताउनुभयो । गरिवी युवालाई रोजगार भक्ता दिने सरकारले प्रक्रिया अघि बढाएको बताउदै मन्त्री बिष्टले अब सरकार जनताको स्तर उकास्न लागि परेको बताउनुभयो । यो सरकार ६ महिने, १÷२ बर्षे सरकार होइन मन्त्री बिष्टले भन्नुभयो–जनतालाई मालिक बनाउने गरि संविधान निर्माण पश्चात ५ बर्षे स्थायी सरकार आएकाले नेपाली जनताका समस्या समाधान गर्ने गरि बढेका छौ । आगामी ५ बर्षमा सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने बताउदै मन्त्री विष्टले अषारभित्रमा जेष्ठ नागरिक, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता केही प्रतिशत बढाउने प्रतिबद्धता गर्नुभयो । मेलामा २ सय ५० स्टल रहेका छन् । १ लाख ५० हजार दर्शकले अबलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा ८ देखि १० करोडको कारोवार गर्ने लक्ष्य लिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । उद्घाटन अघिको ¥यालीमा स्थानीय संस्कृति झल्कने दशावतार बालन, मगरी संस्कृती, लोकभजनको साथमा आमा समुह, महिला समुह गरी ६१ वटा समुहले व्यानर सहित ¥यालीमा सहभागीतामा जनाएका थिए । मेलामा कृषिजन्य प्रदर्शनीका आकर्षणका रुपमा रहेको छ । उद्घाटनका अबसरमा मयुर नाच आकर्षण रहेको थियो ।रामपुर लगायत कालीगण्डकीवेशी क्षेत्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार, स्थानीय उत्पादन, कृषि, घरेलु उत्पादन, स्थानीयका खानाका परिकार, स्थानीय सस्कृती, कृषि तथा पशुमेला प्रदर्शनीलाई प्राथमिकता दिने संघका महासचिव पुरुषोत्तम के.सी.ले बताउनुभयो । मेलाको पहिलो दिन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी, गायक माधव भण्डारी लगायतका कलाकारको रमाइलो सांगितिक कार्यक्रम रहेको थियो । मेलाका अवधिभर राम्दीदेखि केलादीधाम र केलादीधाम देखि पुट्टारघाट सम्म कालीगण्डकीमा जलयात्रा, कालीगण्डकीसंग जोडिएका रानीमहल, केलादीधाम, पुर्कोट, सत्यवति, गह«ौसुर, रम्भादेवी मन्दिर, रामघाट, सीताकुण्ड, झिरुवासको कबुलियती वन, नवलपुरको डेढगाउँमा रहेको अकलादेवीको मन्दिर लगायत आसपासका पर्यटकिय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको हेलिकप्टरबट अवलोकन गर्ने व्यवस्था, प्याराग्लाईडिङ् उडान मेलाका मुख्य आकर्षका रुपमा रहनेछ । स्थानीय प्रतिभाको उजागर गर्न दोस्रो रामपुर डान्स आइडियल समेत आयोजना गरिएको छ । त्यस्तै रामपुरमै पहिलो पटक अन्र्तराष्ट्रियस्तरको इण्डो नेपाल खुल्ला पुरुष भलिवल प्रतियोगिता पनि हुदैछ । भारतका ४ टिम सहित नेपाल प्रहरी, शसस्त्र र सेना सहितको नेपालका ४ टिम भलिवल प्रतियोगितामा सहभागी हुनेछ । महोत्सवमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरी, सुरक्षागार्ड र स्वंयमसेवक परिचालन गरिएको छ । महोत्सव आउँदो माघ ८ गते सम्म चल्नेछ ।