बेलौरीमा माघी मेला सुरु

0
845

जुद्ध चाैधरी

पश्चिम नेपालमा बसोबास गर्दै आएका थारूहरूकाे सबभन्दा ठुलाे चाड एवम नयाँ वर्षकाे रूपमा मनाईने माघी  अर्थात मकर सँक्रान्तिकाे अवसर पारेर थारु कल्याणकारी समिति  बेलाैरी नगर समितिले अायाेजना गरेकाे ३ दिने माघी मेलाकाे अाज उदघाटन गरिएकाे छ ।

कार्यक्रमकाे उदघाटन खानेपानी मन्त्री बीना मगरले गरेकी हुन । थारू भेषभुसाकाे पहिरन लहेङ्गा र चाेल्यामा सजिएकी बीनाले थारू परम्परा अनुसार निसराउ बनाई भेटी चढाएर कार्यक्रमकाे विधिवत रूपमा उदघाटन गरेकि थिइन । कार्यक्रमका प्रमुख अतिथि मन्त्री बीनाले माघीकाे शुभकामना दिँदै याे
कार्यक्रमले प्रगतीशील सँस्कारकाे विकास भएकाे बताइन । अन्य समुदायले पनि माघी पर्व
मनाउने गरेता पनि थारू समुदायले यसलाई विशेष महत्वका साथ मनाउने गर्छन। थारू जाती विशेषमा लाग्ने राेग सिकलशेल एनपमियाकाे बारेमा मन्त्री बीनाले नियन्त्रण र उपचारका लागि राष्ट्रिय स्तरबाट पहल गर्ने बताइन ।
थारू कल्याणकारिणि सभा बेलाैरी नगर समितिका सँयाेजक खडक बहादुर चाैधरीकाे सभापतित्वमा भएकाे उदघाटन कार्यक्रममा विशिष्ट अतिथि बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरी, उप मेयर चित्रा
कुमारी चाैधरी,प्रदेश साँसद कुलवीर चाैधरी,थाकस केन्द्रीय सदस्य जीऊलाल चाैधरी लगायत विभिन्न सँघ सँस्था एवम निकायका ब्यक्तित्वका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे। माघी मेलामा थारू परिकारहरू घाेँघी,सुटही,ढिक्री, अन्डीक भात,बयरकाे अचार,सिन्की,गँगटा,चामलकाे जाँड तथा चामलकाे
रक्सी अादी राखिएकाे छ। प्रवेशका लागि भने निशुल्क गरिएकाे छ। अाज भएकाे उदघाटन कार्यक्रममा बेलाैरीका स्थानिय कलाकारहरूले माघी पर्वमा नाचिने छाेक्रा नाच,मघाैटा नाच तथा मुङ्ग्राैह्वा नाच प्रस्तुत गरेका थिए। भाेली हुने कार्यक्रममा थारू राष्ट्रिय कलाकारहरू मनीराम चाैधरी,साेमती चाैधरीकाे
प्रस्तुती रहने र पर्सि अाईतबार अमन चाैधरी र ऋतु चाैधरीकाे प्रस्तुती रहने अायाेजक थाकस का बेलाैरी नगर सँयाेजक खडक बहादुर चाैधरीले जानकारी दिए ।