दीपेन्द्र बस्नेत
महेन्द्रनगर ,नेकपाको दुईतिहाई बहुमतको बलियो भनिएको सरकार केहि गर्न नसकी सबैतिरबाट फेल भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित कार्यक्रममा बताए ।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले शुक्रबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता सिंहले सरकारले सन्तोषजनक कार्य नगरेकोले सबै तिर बाट असफल भएको बताए ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद र राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निभाइरहेको बताए । कांग्रेसले ठिक ढंगबाट अघि बढ्नुपर्छ भनेर आवाज उठाउँदै आएको नेता सिंहले बताए ।
सरकार जनताको जिउधनको सुरक्षामा समेत असफल भएको दाबी गर्दै नेता सिंहले निर्मला पन्त हत्या प्रकरणमा समेत सकरार गम्भीर नबनेको आरोप लगाए । उनले भने ‘निर्मला प्रकरणमा सरकारले मन लगाएर अनुसन्धान गरेन । यो प्रकरणमा मुलुकभरका जनतामा सरकारप्रति मन दुखेको छ ।’
नेता सिंहले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यता नरहेको स्पष्ट पारे ।
उनले भने ‘वर्तमान राष्ट्रिय मुद्दा र उठेका विषयमा संसदीय दलका नेताले स्पष्ट रुपमा आधिकारिक धारणा राख्दै आउनुभएकै त छ ।’ नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका निर्वाह गरेको दावी गर्दै भने–‘ के २०४८ सालमा माननीयले गरेजस्तै र्यालिङ भाच्नुपर्ने, माओवादीको जस्तो संसदमा कुर्ची भाच्नुपर्ने र बस जलाउनु जस्ता अराजक गतिविधी गरेर मात्रै भूमिका देखिने हो र ।’? नेता सिंहले भने यो सरकारले भ्रष्ट लाई बचाउदै छ । उनले वाईडबडीको विषयमा बोल्दै भने छानविन समितिको प्रतिवेदनलाई टेर्दै नटेरी अर्को छानविन आयोग गठन गर्ने ? नेता सिंहले नेता सिंहले सुशासन, विकास र समृद्धिको नारा सरकारले अगाडि सारेको छ तर सरकारको काम कारवाही र गतिविधि हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएकोे धारणा व्यक्त गरे कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद वडु लगायतका नेताहरुको उपस्थीती रहेको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.