पोखरा, । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा बिधान अधिवेशनको तयारीस्वरुप विभिन्न समिति ,उपसमिति गठन भएका छन् ।
यही फाुगन ९ र १० गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुने अधिवेशनको तयारी गर्नको लागि महासंघ कास्की शाखाको बैठकले आवास, भोजन, प्रकाशन, स्मारिका सम्पादन, प्रचारप्रसार, सुरक्षा, सास्कृतिक, रजिष्ट्रेशन, स्वास्थ्य लगायत विभिन्न दुई दर्जन उपसमिति निर्माण गरेको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सातै प्रदेशका अध्यक्ष तथा पदाधिकारी र गण्डकि प्रदेशका जिल्ला शाखाका अध्यक्ष सदस्य रहेको मूल समारोह समिति गठन भईसकेको छ ।
अधिवेशनले महासंघको हालको विधानलाई संशोधन गरि प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व चयन गर्नेगरि विधानमा व्यवस्था गर्ने तयारी गरेकाले पनि पोखरा अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।
अधिवेनलाई सफल बनाउन गठन भएका उपसमितिहरुमा भोजन व्यवस्थापन उपसमिति संयोजकमा महासंघका केन्द्रीय सदस्य रामकृण ज्ञवाली छन् । त्यस्तै आवासमा दीपेन्द्र श्रेष्ठ, प्रचारप्रसारमा रमेश पौडेल, स्मारिकामा बद्रीबिनोद प्रतीक, अनुगमनमा त्रिभुवन पौडेल, मञ्च सजावट पुण्य पौडेल, अतिथि सत्कार रवीन्द्र बास्तोला र सल्लाहकार उपसमितिमा नारायण कार्की संयोजक छन् ।
त्यसैगरि झाँकी र्याली बिमला भण्डारी, रजिष्ट्रेशनमा रामप्रसाद तिमिल्सिना, प्रकाशनमा सञ्जय मल्ल, स्यमसेवकमा माधब बराल, यातायातमा सन्देश श्रेष्ठ, स्वास्थ्यमा शिरोमणी बराल, दृश्यावलोकनमा हरि बास्तोला, व्यानर व्यवस्थापनमा कृष्ण थापा, सुरक्षा मा एमबि आस्था, साँस्कृतिकमा शान्ती गुरुङ, सञ्चार समन्वयमा केशब पाठक, खानेपानी बितरणमा स्मिता अधिकारी, साउण्ड सिस्टममा भीमपाणी बराल, स्वागतद्धार निर्माणमा सरिता तिमिल्सिना, सामाजिक सञ्जालमा रामजी लम्साल, सरसफाईब्यवश्थापनमा भीम थापा, फोटो भिडियो रेकर्डिड.मा ईन्द्र पौडेल, मिडिया संयोजनमा दुर्गा अधिकारी तथा प्राविधिक समन्वय उपसमिति संयोजकको जिम्मेवारी लालप्रसाद शर्मालाई प्रदान गरिएको महासंघ कास्कीले जनाएको छ ।
महासंघका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा उपसमितिका संयोजकहरु, शाखाका सदस्यहरु रहेको केन्द्रिय महाधिवेशन स्थानिय व्यबश्थापन आयोजक समिति र पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा महासंघका पूर्व अध्यक्ष, गण्डकी प्रदेश समिति सल्लाहकार ,पूर्व केन्द्रीय सदस्य तथा पत्रकारसँग सम्वन्धित संग संगठनका केन्द्रीय सदस्य सम्मिलित सल्लाहकार उप समिति पनि गठन भएको छ ।
गठन भएका उपसमितिहरुले आवश्यकता अनुसार सदस्य थप गरेर अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गरिने महासंघ कास्कीले जनाएको छ ।