हिमालय टिभी अब एचडीमा,जनचासोका विषयवस्तुलाई प्राथमिकताका साथ प्रसारण गर्ने

0
1224

 

हिमालय टेलिभिजनले जनचासोका विषयवस्तुलाई प्राथमिकताका साथ प्रसारण गर्ने जनाएको छ । अब टेलिभिजनले हरेक दिन १४ वटा ‘हिमालय खबर’ र ६ ‘फटाफट’सँगै दिनमा २० पटक खबर बुलेटिन प्रसारण गर्ने बताएको छ । तीमध्ये साँझ ७ बजे १ घन्टाको प्राइम टाइम न्युज बुलेटिन ‘खास खबर’ प्रसारण हुनेछ ।  यसबाहेक ताजा घटनाबारे तत्काल ‘ब्रेकिङ’ तथा ‘फ्ल्यास न्युज’ र निर्धारित समयतालिका अनुसार ‘टप टेन’ न्युजबाट नागरिकको सूचनाको हकको सेवा गर्ने नीति हिमालय टेलिभिजनले लिएको छ ।

विगत सात वर्षदेखि विभिन्न सामग्री प्रसारण गरिरहेकोहिमालय टेलिभिजनले प्रिमियम कन्टेन्ट र उच्च प्रविधिसहित एचडी प्रसारण सेवा सुरु गरेको छ । नेपाली डिजिटल मिडिया अनलाइनखबर डटकमको प्रवद्र्धक समूहले टेलिभिजनको स्वामित्व खरिद गरेसँगै हिमालय टेलिभिजनले एचडी प्रविधिमा प्रसारण सुरु गरेको हो । टेलिभिजनको व्यवस्थापन नयाँ समूहले सम्हालेसँगै यसबाट प्रसारण हुने सामग्रीको प्राथमिकता पनि परिवर्तन भएको छ ।

डिजिटल मिडिया अभ्यासलाई प्राथमिकता दिँदै आएको हिमालय टेलिभिजनका सामग्री यसको खबर पोर्टल हिमालय टिभीडटकम, मोबाइल एपका साथै फेसबुक, ट्विटर, युट्युब र इन्स्टाग्रामजस्ता सोसियल मिडियामा पनि उपलब्ध हुनेछन् ।