पोखरा । नेपाल पत्रकार महासंघको फागुन ९ र १० गते पोखरामा हुन लागेको केन्द्रीय साधारण सभा तथा विधान अधिवेसनको लागी विहिवार पोखरामा स्थानीय व्यवस्थापन आयोजक समितिको वैठक वस्यो ।
वैठकमा महासंघ कास्की शाखाका पदाधिकारी तथा साधारण सभा सम्पन्न गर्न गठित विभिन्न उपसमितका संयोजकहरु वैठकमा सहभागि थिए । सहभागिहरुले साधारण सभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने वताएका छन ।
वैठकले आगामी एक साता भित्र विभिन्न उपसमितिका सदस्यहरु चयन गर्ने निर्णय गरेको छ । शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले साधारण सभा परिषर भित्र धुम्रपान तथा मध्यपान निषेधीत क्षेत्र वनाउने निर्णय गरेको कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सेनाले जानकारी दिए ।
अधिवेशनले महासंघको हालको विधानलाई संशोधन गरि प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व चयन गर्ने गरि विधानमा व्यवस्था गर्न लागेकाले पोखरा मा हुन लागेको साधारण सभा तथा विधान अधिवेशन अन्य साधारण सभा भन्दा पृथक रुपमा लिईएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.