खेलकुदमा सुदुर पश्चिमलाई अग्रणी बनाउन सरकार लागेको : मन्त्री पठानसिह बोहरा

0
1358

दीपेन्द्र बस्नेत/ किशोर तामाङ
पुनर्वास,खेलकुद क्षेत्रमै सुदुर पश्चिमलाई  अग्रणी बनाउन प्रदेश सरकार लागि परेको सुदुर पश्चिम प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री पठान सिह बोहराले बिहीवार बताएका छन् ।
पुनर्वास नगरपालिका द्वारा आयोजना गरिएको प्रथम नगरस्तरीय एवं एघारौं राष्ट्रपति रनिङ प्रतियोगिताको उद्घाटन गर्न पुनर्वासको क गाउँमा पुगेका मन्त्री बोहराले भने- खेल राष्ट्रको सम्पत्ति हो खेलाडी गहना हुन तसर्थ खेलकुदको बिकास गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराखी योजना बनाउन लागेको छ । उनले भने – प्रदेश सरकार खेल क्षेत्रको बिकास गर्न लागि परेको छ र तपाईं खेलाडी तथा आम समुदाय पनि हातेमालो गर्नुस । पुनर्वास नगरपालिका ८ स्थित बागिश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै सुदुर पश्चिम प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री बोहराले भने – खेलकुदको बिकासको लागि प्रदेश सरकार , स्थानीय सरकार वा संघिय सरकारका तर्फबाट गर्नु पर्ने सम्पुर्ण पहल गर्न हामी तयार छौं  ।
पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाको सभापतित्वमा आयोजना गरिएको एघारौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुनर्वास क्षेत्रका १९ वटा माध्यमिक बिधालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।