उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन गर्दे मुलधार महिला सेवा केन्द्र

0
1505

सरिता तिम्सिना पगेनी
मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले   यहि माघ १८,१९ र २० गते उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाटमा प्रथम राष्ट्रिय बेटी सम्मलेन गर्देछ   । सहन नपरोस हिंसा र दुव्र्यवहार ,स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी शशक्तिकरणको हतियार भन्ने मुल नाराका साथ सम्मेलन गरिदैंछ । सेभेन पिल्लर अफ नेपाल महिला अंकित स्तम्भ निर्माण गर्ने  र नेपालमा सेनेटरी प्याड निशुल्क बनाउने उदेश्यका लागि राष्ट्रिय सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ । सम्मेलनको  तयारी स्वरुप सात वटै प्रदेशमा प्रदेशस्तरीय छलफल तथा संबाद कार्यक्रमहरु आयोजना गरिएको संस्थाका अध्यक्ष  नजबुल खाँनले  जानकारी दिईन् ।

पोखरा पोष्ट संगको कुराकानीमा अध्यक्ष खाँनले अहिले सम्म ५ वटा प्रदेशमा कार्यक्रम  संचालन गरी प्रतिनिधि समेत छनौट गरिएको बताईन् । आसनमा महिला ,भाषणमा महिला ,शासनमा महिला भन्ने मुल नाराका साथ  सन् २०१२ देखि महिला शशक्तिकरण  सम्वन्धी राष्ट्रिय अभियान संचालन गर्दे आएको यस संस्थाले यस  अघि नेपालका २४ वटा जिल्ला सहित भारत र बङ्गलादेशमा समेत अभियान संचालन गरिसकेको संस्थाका प्रबक्ता सरिता राईले पोखरा पोष्टलाई जानकारी दिईन ।


गण्डकी प्रदेशस्तरीय संवाद कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले अभियानलाई सघाउने प्रतिबद्धता ब्यक्त्त गर्दे महिलाको प्रजनन् स्वास्थ्यको अधिकारलाई कार्यन्वयन गराउन आफु सधैं लागि पर्ने बताईन् । अझै पनि महिला यो वा त्यो वाहानामा हिंसामा परिरहेका छन भन्दैं उनले हिंसा न्युनिकरणका लागि सम्पुर्ण महिला एकजुट भएर लाग्नु पर्ने बताईन । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले समाज परिवर्तनमा आमाको महत्वपुर्ण भुमिका रहने हुँदा  हरेक अभियान प्रत्येक परिवारका आमा सम्म पुग्न जरुरी रहेको बताईन्  ।


त्यसैगरि गण्डकी प्रदेशसभा  सदस्य मीना गुरुङ्गले  महिलालाई आर्थिक रुपमा शशक्त बनाउन पर्नेमा जोड दिईन ।जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी ओम रानाले चिनेजानेका ब्यक्तिबाटै महिला हिंसा बढी हुने गरेको पाईएकाले प्रत्येक ब्यक्तिलाई नैतिक शिक्षा दिन आबश्यक रहेको औंल्याए । अभियानको मिडिया पार्टनर को रुपमा रहेको पोखरा पोष्ट डटकमका संचालक सम्पादक  सरिता तिम्सिना पगेनी ले कार्यक्रमलाई  सहजकिरण गरेकी थिईन्।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सदस्य बिन्दु भण्डारी ,अधिकारकर्मी नम्रता बराल,अधिबक्ता जुना गुरुङ्ग,नेपाल परिवार नियोजन संघ कास्कीका सचिब उमेशराज पराजुली,अभियन्ता  अप्सना खातुन,सानु चौधरी लगायतले सम्मेलनका बिषयमा बोलेका थिए ।