नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको कम्युनिस्ट सरकार गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नामबाट तर्सिएको आरोप लगाएका छन ।नेपाल निजामती युनियन संघ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको वनभोज,प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा समेत ओली सरकरलाई एलर्जि भएको बताए । देउवाले प्रश्न गर्दे भने , गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालको नाम किन हटाउने ? आज नाम हटाउँछन् अनि बिस्तारै प्रजातन्त्र हटाउँछन । सरकार प्रजातन्त्रलाई सिध्याउने षड्यन्त्रमा लागेको छ ,सम्पुर्ण नेपाली सचेत हुनुपर्छ देउवाले भने । कर्मचारीमाथिको थिचोमिचो हस्तक्षेप काँग्रेसलाई स्वीकार्य नहुने बताउदै उनले वर्तमान सरकार स्वच्छाचारी ढंगबाट अगाडि बढेको बताए । शिक्षा बिधयेक,कर्मचारी समायोजनका नाममा सरकारले नियन्त्रणको प्रयास गर्न खोजेको छ भन्दै उनले आफ्ना कार्यकर्ताको हालीमुहाली बढाउन सरकार लागिपरेको आरोप समेत लगाए । सरकारका बिरुद्ध सदनमा मात्र हैन ,सडकमा समेत उत्रनु पर्ने अबस्था आइसकेको छ भन्दै उनले नेपाल तरुण दलले यहि माघ ११ गते गर्न लागेको गण्डकी प्रदेश स्तरीय बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.