हेटौँडा । राप्रपा अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनर्स्थापना गराउन पार्टीले दबाब दिने बताएका छन् । राप्रपाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालमा धर्मपरिवर्तनको रफ्तार बढेकामा चिन्ता व्यक्त गर्दै उनले मुलुकमा धार्मिक द्वन्द्वको खतरा रोक्नुपर्ने उल्लेख गए। उनले राप्रपा सर्वधर्म समभावसहितको हिन्दू राष्ट्रको पक्षमा रहेको बताए ।
एक अर्को फरक प्रसङ्गमा अध्यक्ष थापाले हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानी तोकिनुपर्नेमा जोड दिए। सबै कोणबाट हेटौँडा राजधानीका लागि उपयुक्त रहेको उनको भनाइ थियो ।