काठमाडौं ‘, मुक्तककार एवं कथाकारका रुपमा परिचित निशा पौडेलको मुक्तक संग्रह `निशाको निशानी´एक भव्य समारोह बीच काठमाडौंको अनामनगरमा रहेको मिडिया इन्टर्नेशनलको हलमा सम्पन्न भएको छ।
चितवनमा घर भइ विगत लामो समयदेखि स्पेनलाई कर्मथलो वनाउँदै अाएकी निशाले यो भन्दा अगाडि `छोरीको अाँखा´ लघुकथा संग्रह बजारमा ल्याइसक्नुभएको छ।
आफ्ना भोगाई,अनुभूति,समाजको यथार्थता,मानवीय प्रवृत्ति, राष्ट्रप्रेम, चेतना, जागरण, समकालिन समाज,राजनीति,संस्कृति,देशको विग्रँदो अवस्था,नेता र सरकार प्रति गुनासो,विदेशिनेहरुका पिडा र संघर्ष जस्ता विषयगत विविधतालाई आफ्ना मुक्तकको अन्तर्वस्तु वनाउने मुक्तककारका अधिकांश मुक्तकहरु मध्यम कोटीका र केहि मुक्तकहरु सशक्त छन्। स-साना विषयलाई समेत मुक्तकमा समेटेकी मुक्तककारले वुवाअामालाई वृद्धाश्रम पठाएर कुकुर पाल्ने सन्तानहरुलाई समेत अाफ्ना सृजना मार्फत झटारो हानेकी छन्।
मुक्तककार निशाले कार्यक्रममा अाफ्ना विमोचित संग्रहभित्रका केहि मुक्तकहरु वाचन गर्दै मन्तव्य समेत दिनुभएको थियो।मन्तव्य दिने क्रममा वहाँले अाँफू डा.रुपक श्रेष्ठको सल्लाह,सूझाव र सहयोगले नै यहाँसम्म अाइपुगेको वताउँदै अधिकांश समय वहाँमाथि नै खर्चिनुभयो।
रत्नशम्शेर थापाले नेपाली मुक्तकको भविष्य अत्यन्त राम्रो रहेको बताउनुभयो। कृतिको समीक्षा गर्दै साहित्यकार डा. रूपक श्रेष्ठले निशाले युरोपेली मुलुक स्पेनमा नेपाली मुक्तकलाई चिनाएको धारणा राखे। अर्का समीक्षक गजलकार ज्ञानुवाकर पौडेलले निशाको मुक्तक शिल्प सशक्त रहेको बताउनुभयो
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष राकाजी कोनेले निशालाई प्रतिष्ठानको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरे। विमोचन समारोहमा प्रतिष्ठानका महासचिव रमेश पौडेलले नेपाली मुक्तक प्रविधिमैत्री विधा भएकाले विश्वव्यापी रूप लिएको बताउँदै निशानी स्वरूप आवरण प्रतिको उडमाउण्ट दिनुभयो।
समारोहमा वरिष्ठ गीतकार रत्नध्वज थापाको प्रमुख अातिथ्यता र ज्ञानुवाकर पौडेल,राधेश्याम लेकाली,डा.रुपक श्रेष्ठ,रमेश पौडेल लगायतका विशिष्ट व्यक्तित्वहरु रहेको थियो।यसैगरि वादल घिमिरेको सञ्चालन र रामकाजी कोनेको अध्यक्षता रहेको सो कार्यक्रमको अायोजना नेपाल मुक्तक प्रतिष्ठानले गरेको थियो