काठमाडौं ,सरकार बिरुद्ध सडक प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका आधा दर्जन नेता घाइते भएका छन ।
मंगलबार संसद भवन बाहिर भएको सरकार बिरुद्धको प्रदर्शनका क्रममा झडप हुँदा नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी सहित आधा दर्जन विद्यार्थी नेता घाइते भएका हुन ।
झडपको क्रममा महामन्त्री काफ्लेको ढाडमा चोट छ भने उपाध्यक्ष अधिकारीको तीन वटा औंला भाँचिएको छ । यस्तै मनिस सिंखडा सहित अन्य विद्यार्थी नेताहरु भने सामान्य घाइते भएका छन ।
घाइतेहरुको बानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको नेविसंघ केन्द्रिय सदस्य शुशिल भट्टले जानकारी दिए ।
नेविसंघका महामन्त्री काफ्लेको नेतृत्वमा भएको प्रदर्शनका क्रममा झडप भएको हो । प्रदर्शनमा रहेका विद्यार्थी नेताहरुलाई निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरी बीच झडप भएको थियो ।
प्रदर्शनका क्रममा उनीरुले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा गोबिन्द केसीको माग पूरा गर्र्नु पर्ने, सरकारको निरंकुशता शैलि रोकिनु पर्ने, बढ्दो महँगी नियन्त्रण गर्नु पर्ने, निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई तत्काल पक्राउ गरि सार्वजनिक गर्नु पर्ने भन्दै सरकार बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।
प्रहरीले प्रदर्शनका क्रममा विद्यार्थीहरुले दुई वटा सरकारी गाडी समेत तोडफोड गरेको जनाएको छ ।
नेविसंघले अनसनरत डा केसीको मागमा समर्थन गर्दै राजधानीको माइतीघर मण्डलामा भोली (बिहिबार) सरकार बिरुद्ध बृहत प्रदर्शन गर्ने यस अघि नै निर्णय गरिसकेको छ ।
सरकारले मेडिकल माफियाहरूलाई फाइदा हुने गरेर संसदमा दुई तिहाईको बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको भन्दै नेविसंघले सरकार बिरुद्ध आन्दोलनको घोषणा गरेको बताएको छ ।
कांग्रेसकै अर्को भातृ संगठन तरुण दलले समेत सरकार बिरुद्ध सातै प्रदेशमा प्रदर्शन गर्ने निर्णय गरिसकेको छ ।
Home ब्रेकिङ्ग न्युज सरकार बिरुद्ध सडक प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका आधा दर्जन नेता घाइते
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.