सीता डोटेल
पाल्पा , पाल्पा पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफ्नो १० महिनाको तलव बिद्यालयको शैक्षिक बिकासका लागि आयोजित महायज्ञमा दान सहयोग गर्नुभएको छ। बिद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न बगनासकाली ९ चापपानीमा रहेको चन्द्र माध्यमिक विद्यालयमा सञ्चालन भएको श्रीमद्भागवत विराट सप्ताह ज्ञान महायज्ञका समापनका अबसरमा अध्यक्ष बस्यालले दश महिनाको तलव ३ लाख १ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको हो। यसअघि पनि बस्यालले आफुले पाउँदै आएको तलव शैक्षिक, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगाउनुभएको छ । गरिब तथा विपन्न परिवारमा न्यानो कपडा बितरण तथा उपचारमा सहयोग पुर्याउनु भएको छ । प्राविधिक शिक्षा पढ्न बाहिर जानुपर्ने बाध्यता रहदै आएकोमा गाउकै बिद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजित महाज्ञयमा बस्यालले १० महिनाको पारिश्रमिक सहयोग गर्नुभएको उहाले बताउनुभयो । प्राविधिक शिक्षा आर्जन गरेर काम गर्ने मौका बढी हुने भएकाले दक्ष शक्ति उत्पादन गर्न अब गाउगाउसम्म प्राबिधिक शिक्षाको आवश्यकता रहेको बस्यालले बताउनुभयो । यसैबिच माघ २ गते देखि ८ गते सम्म चलेको महाज्ञयमा १ करोड ६०लाख रुपैयाँ संकलन भएको महाज्ञय मुल आयोजक समितिका अध्यक्ष यमलाल तिमिल्सिनाले बताउनुभयो । महायज्ञकै अबसरमा ४ वटा चौरासी पुजा, दिप प्रज्वलन ,सामुहिक बर्तबन्ध, हवन, ग्रह शान्ति काल सर्पयोग,शान्ति सतरुद्र कार्य सम्पन गरिएको समितीका महासचिव कृष्ण प्रसाद भुषालले जानकारी दिनुभयो ।
समापन समारोहमा जिल्ला समन्वय समिति पाल्पाका संयोजक दयाराज बस्यालले प्राविधिक शिक्षा र दक्ष जनशक्ति उत्पादन अभियान सफल हुनेमा जोड दिदै राम्रो कामले राम्रो सन्देश दिने बिश्वास व्यक्त गर्नु भयो। सप्ताहमा वालव्यास पण्डित नारायण न्यौपानेको मुखारबिन्दुबाट संगीतमय कथा प्रवचन भएको थियो ।
Home ब्रेकिङ्ग न्युज पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले दिए स्कुलको महायज्ञमा १० महिनाको तलव
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.