घोडाघोडी महोत्सव सोमबार देखी कैलालिको सुखडमा सुरु

0
1050

कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्द घोडाघोडी विकासको आधार भन्ने मुल नाराका साथ घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा  घोडाघोडी महोत्सव सोमबार देखी कैलालिको सुखडमा सुरु भएको छ । माघ २३ गते सम्म चल्ने महोत्सवको उद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नु भएको हो । घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्यको सभापतित्वमा भएको महोत्सवको उद्घाटन सत्रमा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, विशिष्ट अतिथी संघिय सांसद गौरीशंकर चौधरी, सांसद अमर बहादुर साउद, घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहनु भएका थियो । त्यस्तै अन्य अतिथीहरुमा घोडाघोडी नगरपालिकाका १२ आटै वडाका वडाध्यक्ष, राजनितिक दलका प्रतिनिधी ,संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहनु भएको थियो ।उद्घाटन सत्रमा सखिया नाच, मङरौवा नाच, भुवा नाच, मारुनी नाच र पञ्चेबाजा लगायतका अन्य झाँकीहरुको समेत प्रस्तुती रहेको थियो ।साथै कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई दोसल्ला र कदर पत्र सहित सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान गर्नु भएको थियो ।विश्व रामसारमा सुचिकृत घोडाघोडी ताल क्षेत्रको प्रचारप्रचार गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको आयोजक घोडाघोडी उद्योग वाणिज्य संघ र सह आयोजक घोडाघोडी सहायता केन्द्र तथा घोडाघोडी बहुउदेश्य युवा मञ्च रहेका छन् । करिव ५० हजार दर्शकले महोत्सवको अवलेकन गर्ने र ६० लाख भन्दा बढीको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।