पोखरा ।पोखराको पृथ्वीनारायण क्याम्पस गेट परिसरमा प्रहरी र नेपाल बिद्यार्थीसंघका विद्यार्थी बिच झडप भएको छ ।। झडपमा परि नेविसंघका ४ जना घाईते भएका छन् । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अन्तर्गत बुधबार साँझ मसाल जुलुस निकालेको थियो । मुलुकमा बढ्दै गएको हत्या, हिन्सा, बलात्कार, भ्रष्टाचार, महँगाईलाई रोकन वर्तमान सरकार अस्क्षम सावित हुँदै गएको र चिकित्सा शिक्षा विधेकमार्फ ओली सरकराले शिक्षा माफियाहरुलाई फाइदा पुर्या्एको विरोधमा मसाल जुलुस निकालिएको नेबिसंघले जनाएको छ । मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले क्याम्पस गेटमै पुगेर हस्तक्षेप गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।
प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीले ढुंगामुढा गरे । प्रहरीले अश्रुग्याँस नै प्रहार गरेको विद्यार्थी नेता गोबिन्द नेपालीले पोखरा पोष्टलाई जानकारी दिए । झडपमा परि नेविसंघका ४ जना घाईते भएका छन् । घाईतेहुनेहरुमा गोविन्द नेपाली, राज आचार्य, अमृत पौडेल, भरत पोखरेल अञ्जान घाइते भएको नेविसंघले जनाएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ ।
शान्तिपुर्ण आन्दोलनमा बिद्यार्थीहरुलाई निर्मम तरिकाबाट कुटपिट गरि घाइते बनाएको भन्दै घटनाको सर्बत्र निन्दा गरिएको छ ।
काँग्रेस नेतृ सरस्वी गुरुङ, नेवि सघंका नेता सरोज केसी लगायत अस्पताल पुगेर घाईतेको अवस्थाबारे जानकारी लिएका छन् । कास्की प्रहरीले भने प्रहरीले कुनैपनि हस्तक्षेप नगरेको बताएको छ । विद्यार्थीले नै ढुंगामुढा गरेको तर प्रहरीले कुनै प्रतिकार नगरेको प्रहरीको दाबी छ । मसाल जुलुस निकालेपछि कोणसभा गरिएको छ ।
आम नेपाली जनताको सन्तानको भविष्यका लागि सत्याग्रह गरि रहेका डां गोविन्द केर्सीसंग गरेका सहमतिलाई समेत सरकारले उलंघन गरी उनको प्राणसंग खेलवाड गरेकाले सोको विरोधमा पनि आफुहरुको जुलुस रहेको नेबिसंघका नेता बिपिन पौडेलले पोखरा पोष्टलाई जानकारी दिए ।
मुलकमा बढ्दै गएको बलात्कारका घटनाले नेपाली छोरी चेरीहरुलाई असुरक्षित बनाएको र बलात्कारीहरुलाई सरकारले नै संरक्षण दिइ सुरक्षा व्यवस्थालाई कमजोर बनाएकोले नेपाली दिदी बिहनीहरुको सुरक्षाकालागि समेत आफुहरुको संर्घष रहेको नेविसंघका नेता कार्यकर्ताहरुले बताएका छन् ।