काठमाडौं,लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाएका छन ।
केसीको मागमा ऐक्यबद्धता जनाउँदै उनीहरुले बिहिबार राजधानीमा बृहत प्रदर्शन गरेका हुन ।
प्रदर्शनका क्रममा केसीको मागमा ऐक्यबद्धता सहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्धामा सरकार मौन रहेको भन्दै सरकारलाई मुख खोल्न आग्रह गरिएको थियो ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर कोण सभामा परिणत भएको कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले जनताको मागलाई नसुन्ने प्रधानमन्त्रीले पदबाट राजीनामा दिनु पर्ने भन्दै तत्काल राजीनामा दिन आग्रह गरेका थिए ।
सोही क्रममा डेमोक्रेटिक लयर्स यसोसियसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले सरकारले एकपछि अर्को घटना गर्दै संविधान र कानुनको खिलाफमा निर्णय गर्दै अघि बढेको बताए ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सरकार जनताको आवाज दबाउन निरंकुश शैलिमा अघि बढेको भन्दै विभिन्न पेशा व्यवसायमा आबद्ध देखि आम नागरिकसम्मले सरकारको शैलीलाई खबरदारी गर्नु पर्ने बताए ।
प्रदर्शनमा लोकतन्त्रवादी पेशागत संघ संगठनहरु चिकित्सक संघ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्स एसोसियसन, प्रेस युनियन, डेमोक्रेटिक लयर्स एसोसियसन, नेपाल शिक्षक संघ, डेमोक्रेटिक एग्रिकल्चर एसोसियसन, त्रिवी प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ सहितका विभिन्न १२ संघसंगठनका बुद्धिजीविहरु सहितका प्रतिनिधिहरु समेत सहभागी थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.