हेटौँडा, पशु अस्पताल तथा विज्ञ केन्द्रका वरिष्ठ पशु स्वास्थ्य चिकित्सक डा. चेतनारायण खरेलले पशुपंक्षी औषधी व्यवसायीले अनधिकृतरुपमा व्यवसाय सञ्चालन गर्दै आएकोले व्यवसाय दर्ता गरेर कानुनी दायरामा आउन आग्रह गर्नु भएको छ ।
नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ मकवानपुरको प्रथम साधारणसभाको हेटौँडामा शुक्रबार उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले व्यवसायीहरुले दर्ता विना व्यवसाय सञ्चालन गर्नु कानुन विपरीत भएको बताउनुभयो । असल व्यावसायिक अभ्यास आवश्यक भएको भन्दै अस्पताल स्थापना भएपनि बजेट र कार्यक्रम पूर्णरुपमा नआएको बताउनुभयो ।
संघको प्रदेश ३ का अध्यक्ष विश्वराज बानियाँले पशुपंक्षी औषधी व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धा अन्त्य आवश्यक भएको भन्दै पशुपंक्षीलाई गलत औषधी खुवाउँदा मानव जीवनमा समेत दीर्घकालीन असर पर्ने भएको सचेतता अपनाउनु आवश्यक छ भन्नुभयो ।
संघका मकवानपुर अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, पशु अस्पतालका डा. सरोज खतिवडा, पशुपंक्षी औषधी व्यवसायी संघ नारायणी शाखाका अध्यक्ष उमेश शाह, संघको चितवन शाखाका अशोक शर्मा, व्यवसायी प्रकाश अधिकारी, नेभ्लाका कुमार खड्का, विषाधी व्यवसायी विजयकुमार कनौडिया, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम अधिकारी, बीउ व्यवसायी संघका अध्यक्ष हरिशरण अर्याललगायतले पशुपंक्षीमा एन्टिवायोटिकको गलतरुपमा हुँदै आएको प्रयोग रोक्नु पर्ने बताउनुभयो ।