शहिद दिवसको अवसरमा चेपाङ तथा प्रजा परिवारलाई न्यानो कपडा कम्वल वितरण

0
722

शहिद दिवसको अवसरमा क‌ैलाश ४ का १७० चेपाङ तथा प्रजा परिवारलाई न्यानो कपडा कम्वल वितरण
कैलाश, १९ माघ/ज्ञातअज्ञात शहिदहरुको सम्झनामा हरेक वर्ष मनाईने गरेको शहिद दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कैलाश ४ नम्बर वडाका १ सय ७० घरपरवार चेपाङ तथा प्रजाका घरपरिवारलाई शनिबार न्यानो कपडा कम्बल वितरण गर्नुभएको छ ।
जाडोको समयमा चेपाङका परिवारहरु कठ्याङ्ग्रिएर बस्न नपरोस् भन्दै नेता बानियाँले कैलाश ४ का धारापानी, गोपेधारी, देउतिस, धुसराङ्ग, किटराङ्ग टोलका १ सय ७० घरधुरी चेपाङ तथा प्रजा परिवारलाई कम्बल वितरण गर्नुभएको हो ।
नेता बानियाँले प्रदेशसभाबाट उपलब्ध सेवा शुल्कबाट विभिन्न सामाजिक कार्यमा खर्च गर्नेक्रममा कैलाश गाउँपालिकाको ४ नम्बर वडाका गरिव तथा विपन्न चेपाङ तथा प्रजा परिवारलाई न्यानो कपडा कम्बल वितरण गर्नुभएको हो

नेपाली काँग्रेस केन्द्रीय कार्यालयको निर्णय अनुसार नै माघ २१ गते  देशभर अहिलेको सरकारको विरुद्ध विशाल विरोध प्रदर्शन हुने भएको छ । सोही अनुरुप जिल्ला कार्य समिति मकवानपुरले पनि विरोध प्रदर्शनको तयारी गरेको छ । प्रदेश ३ को राजधानी हेटौंडाको मुख्य चोक बुद्धचोकमा आएर कोण सभा गर्ने कार्यक्रम रहेको पार्टी प्रवत्ता प्रदीप कोइरालाले बताए । दूई तिहाइको कम्युनिष्ट सरकारको अधिनायकवादी शैली र देशमा बढिरहेको मंहगी, भ्रष्ट्रचार, हत्या हिंसा, बलात्कार लगायतका घटनाको विरुद्धमा २१ ग्ते सोमबार विशाल विरोध प्रदर्शन गरिने प्रवक्ता कोइरालाले बताए । जिल्लाका विभिन्न शिर्ष नेताहरुको कमाण्डमा बजारको चार क्षेत्रबाट ¥याली निकालेर बुद्धचोकमा आइ कोण सभामा परिणत गरिने जनाइएको छ । बजारको साझा सुमो काउन्टर, जिल्ला प्रहरी कार्यालय, वन विज्ञान अध्ययन संस्थान र सानोपोखराबाट विशाल प्रदर्शन गरिने जनाइएको छ । प्रदर्शनमा मकवानपुरका विभिन्न स्थानिय तहबाट सहभागिता रहने बताइएको छ