ज्योति बनिन् पहिलो पोखरा सुपर मम्

0
1926

शेर बहादुर खत्री “शिलास’
पोखरा ,फस्ट पोखरा सुपर मम्को ताज ज्योति हमालले जितेकी छिन् ।
टाईटलसंगै हमालले सुपर ट्यालेन्ट र सुपर पब्लिक च्वाइस सवटाईटल समेत हात पारिन् ।
नन्द इन्टरटेन्टमेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको उक्त सौन्दर्य प्रतियोगीतामा फस्ट रर्नर अप सबिता सापकोटा बनिन् भने दर्शकको भरपुर हुटिङ्ग पाएकी पुनम श्रेष्ठ थापा मगरले सेकेण्ड रर्नर अपमा चित्त बुझाउनु प¥यो । यो सँगै आइतबार सुपर मम्, फस्ट र सेकेण्ड रर्नर अप लाई क्रमश २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।


सुपर मम्को अन्य टाइटल अन्र्तगत क्रमश सुपर हेयर अन्र्तगत पुनम थापा श्रेष्ठ, फोटोजेनिकमा सुनमाया मगर, बेस्ट वाकमा बिनु गुरुंग, पर्सनालिटीमा किरण शर्मा, डिसिपिलिनमा मनिका प्रधानले आफ्नो स्थान सुरक्षित गरे ।
प्रतिस्पर्धीहरुले एक महिना सम्म महिला शसक्तिकरण,बोल्ने कला तथा व्यतिmत्व विकास सम्वन्धी तालिम लिएका थिए ।
महिलाहरु अहिले पनि चुलो चौकामा सिमित रहेको समाजमा बिहेपछि झन निरीह भएर बस्नु पर्ने बाध्यतालाई चिर्न पोखरा सुपर मम्मको आयोजना गरिएको कार्यक्रम संयोजक देवेन्द्र शाहीले जानकारी दिए ।

नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष सरस्वती अर्याल तिवारीले महिला सुन्दरी हुन रुचाउने भए पनि आमानै सौन्दर्य प्रतियोगितामा सहभागी भएर पितृसत्तामक समाजलाई चुनौति दिने यो पहिलो घटना भएको बताइन् । कार्यक्रमको प्रमुख अतिथि समेतरहेकी तिवारीले छोरा जन्मे खसी र  छोरी जन्मे फर्सी काट्ने समाजलाई पोखरा सुपर मम्मले ठुलो झापड दिएको बताइन् ।
कार्यक्रम अवधिभर स्थानिय कलाकारहरुले विविध सागिंतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।  उक्त कार्यक्रमको सञ्चालन भने संयोजक देवेन्द्र शाही र एलिशा क्षत्री ले गरेका थिए ।