Home ब्रेकिङ्ग न्युज १० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

१० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

0
१० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

 

विराटनगर, विराटनगर महानगरपालिका बस्ने १० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–८ बलुवाही बस्ने १० वर्षीया बालिकालाई यही माघ १२ गते राति जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारी(भट्टु)लाई पक्राउ गरेको जनाएको छ ।

आरोपीले लागुऔषध र मदिरा सेवन गरी निज बालिकालाई घरको छेउबाट अपहरण गरी मुखी थुनी करणीपश्चात् हत्या गरेको अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।