क्यान इन्फोटेक बन्यो सिग्नेचर क्याम्पियनमय

0
1466

 

 

श्रव्य/दृष्य माध्यमबाट समाजमा सकारात्मक सोच फैलाउने मूल उद्देश्य राखेर स्थापना भएको सामाजिक संस्था SCHOOL FOUNDATION द्वारा आयोजना गरिएको `SIGNATURE MOVIE-THINK POSITIVE GLOBAL CAMPAIGN  को  पहिलो चरणको देशव्यापी कार्यक्रमको पूर्वसन्ध्यामा यहि माघ १५ गते देखि २० गतेसम्म काठमाण्डौंको भृकुटी मण्डपमा सञ्चालन भैरहेको  CAN Info-Tech मा  सहभागीहरुको उत्साहजनक सहभागिता रह्यो।`म एक सहभागि´ २० लाखमा म पनि´ ,सहभागि होअौं सफल पारौं, `म एक भोलुन्टिएर´ ,  `मेरो साथ´ , `मेरो प्रतिवद्धता´,`मेरो समर्थन´ भन्ने  मूल उद्घोषका साथ थालिएको यो कार्यक्रमको स्टलमा लगभग ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन र १० हजार भन्दा बढि सहभागीले प्रतिबद्धता हस्ताक्षर गरेका छन् भने ५००० भन्दा बढि  स्वयंसेवक बनेका छन् ।हाम्रो पात्रो(Digital Partner),Routine of Nepal Banda(Social Media Partner) र AHF,CAN Federation,Life Care Sanatery & Napkin Udhyog र Oscar Internationa College(College of Film Studies)को सहयोग रहेको कार्यक्रममा पुरुष सहभागीहरुलाई कण्डम र महिला सहभागीहरुलाई नेपालमै बनेको इको फ्रेण्ड्ली  सेनेटरी प्याड (योर च्वाइस) उपाहारका रुपमा दिनुका साथै  सकारात्मक सेल्फी, अभियानको  पास वितरण, जनचेतनामुलक फोटो प्रदर्शनी, अभिमुखीकरण,परामर्श,अभियानवारे जनप्रतिक्रिया लिने कार्य गरिएको थियो।

स्वास्थ्य मन्त्रालय (NCASC) बाट  Award of Excelence  प्राप्त ‘SIGNATURE MOVIE-THINK POSITIVE GLOBAL CAMPAIGN´ को पहिल‍ो चरणको वृहत कार्यक्रम नेपालका सातै प्रदेश अन्तर्गतका ३५ ओटा जिल्लामा गरिंदैछ। ५० स्थानमा  १५० ओटा कार्यक्रम सम्पन्न गरिने सो अभियानमा जम्मा जम्मी  २,२५,०००/सहभागी रहनेछन्।

नेपालीहरुमा रहेका  गरबि, अशिक्षा, पछौटेपन, वँसाईसराई,वेरोजगारी, विदेशिनु जस्ता विधमान समस्याहरुले युवाहरुमा नकरात्मक सोच,हिन भावना,देखासिकी,सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु वढ्दै जाँदा  कुलतमा लाग्ने प्रक्रिया पनि तिव्र रुपमा वढ्दै गएको छ। विभिन्न सम्वन्धित निकायहरुले गरेका अनुसन्धान अनुसार यो क्रम दुर्गम क्षेत्रमा भन्दा पनि शहरि र शहरोन्मुख क्षेत्रहरुमा वढी देखिन्छ।यो क्रमलाई केहि हदसम्म भए पनि निस्तेज पार्न सकिने उद्देश्यका साथ विभिन्न ड्रग र एचआइभी प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा  स्कूल फाउण्डेशनले सोहि विषयमा वनाइएको चलचित्र  सिग्नेचर प्रदर्शन,परामर्श  र विभिन्न कार्यक्रमका साथ अत्यन्तै प्रभावकारी तरिकाले अगाडि वढाउने भएको छ।

सभ्य सिर्जनाको प्रस्तुति,ओस्कार Oscar International College(College of Film Studies),सभ्य सिर्जना प्रा.लि र SCHOOL FOUNDATION अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । गीतकार तथा निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा .लि.का प्रवन्ध निर्देशक र SCHOOL FOUNDATION का महासचिव हुन्।चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेविडिसी, सरिता गिरीको जीवन्त अभिनय रहेको छ भने मुख्य सहायक निर्देशन तथा कस्ट्युम डिजाइन रमेशबाबा नेपाल, छायाङकन पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको रहेको छ । चलचित्रमा निशान घिमिरेको सम्पादन तथा रङ्ग समायोजन, अच्युत सिटौलाको गीत, सङगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश शाहको मिक्सिङ,ललित सुव्वाको निर्माण संयोजन र कृष्ण थापाको निर्माण व्यवस्थापन , जया शर्माको लोगो/स्केच,राम मगरको प्रचार प्रसार सामग्री डिजाइन र शुशिला जोशीको श्रृङ्गार रहेको छ ।

 

वास्तविक जीवन कथा वोकेको चलचित्र SIGNATURE  मा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव,व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही वमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पर्न जाने असरलाई अत्यन्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। परिवारको सहि निगरानीको अभाव र खराव संगतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र आफ्नो जीवन कसरी क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ भने समग्र चलचित्रको भाव सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ।

नेपालकै पहिलो Movie Cum Campaign को  रुपमा स्थापित यो महा अभियानमा विशिष्ट व्यक्तित्व,सञ्चारकर्मी,सरोकारवाला र युवा जमातको उत्साहजनक शहभागिता रहेने सो कार्यक्रममा चलचित्र SIGNATURE को प्रदर्शन, हस्ताक्षर अभियान र  निशुल्क कन्डम वितरण तथा HIV AIDS सम्वन्धि परामर्श,दर्शक प्रतिक्रिया, रोवर्टको माध्यमवाट अतिथि सत्कार, अभियान  सम्वन्धि सूचना प्रवाह  र सहयोगी   संघसंस्थाहरुको विज्ञापन, ड्रोनको माध्यमवाट  व्यानरहरु प्रदर्शन, विभिन्न उपहारहरु वितरण जस्ता क्रियाकलापहरु पनि सम्पन्न गरिनेछ। यो अभियान र चलचित्रलाई UNAIDS , सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालयलगायत चलचित्र विकास बोर्ड, Lions Club International, रेडक्रस सोसाइटी, National Center For AIDS and STD Control ले Acknoledged  गरेका छन् ।
नेपाल भित्र र नेपाल वाहिरका देशहरुमा गरिने योजना वनाइएको यस अभियान प्रत्यक्ष रुपमा विभिन्न चरणहरुमा २० लाख  सहभागी माझ पुर्याई सम्पूर्ण सहभागीहरुको प्रतिवद्धता सहितको  हस्ताक्षर  र प्रतिक्रिया संकलन गरेर संयुक्त राष्ट्र संघमा बुझाउने   लक्ष्य आयोजकको रहेको छ।