मेनुका ढुंगाना
हरेक पेशामा चुनौती हुन्छ । त्यसमाथि हाम्रो जस्तो देशमा महिलालाई हरेक पेशामा स्थापित सहज छैन । हरेक क्षेत्रमा काम गर्ने महिलाका सुरुआती दिन संघर्षपूर्ण हुन्छ । महिला भएकै कारण शंका, अविश्वास, अनेकन प्रश्नहरुका जवाफहरुसँग महिलाले जुध्नैपर्छ ।
धेरैलाई यस्ता समस्या र चुनौती सामना गर्न कठिन हुन्छ । जति महिलाले सामना गर्छन् उनीहरु सफल र स्थापित पक्कै हुन्छन् । यी सबै पेशामा आबद्ध महिलाहरुका यी साझा कुरा हुन् ।
म पत्रकारिता बाहेक अन्य पेशासँग त्यति परिचित छैन । तर, महिला भएकोले यी समस्या नजिकबाट बुझ्न सक्छु । महसुस गर्न सक्छु । तर, चर्चा भने पत्रकारिताकै गर्छु ।
अहिले शहरबजारमा मात्रै होइन् गाउँका टोलटोलमा मिडिया सञ्चालनमा छन् । सञ्चार क्षेत्रको विकास भएसँगै पत्रकारितामा दुर्गमका महिलाको चासो पनि बढ्न थालेको छ । तर, पत्रकारिताको दायरा कहाँसम्म हो रु पत्रकारले के–के गर्नुपर्छ रु यी सामान्य कुरा नबुझेरै मिडियासँग जोडिनेहरुको लर्को छ ।
म पनि यहि परिवेशबाटै आएकी हुँ । यो क्षेत्रमा पुरुषहरु त धेरै टिक्न सक्दैनन् भने हजार चुनौती सामना गर्दै पत्रकार बनेकी महिलालाई झन् यो क्षेत्रमा चलायमान भइराख्न निकै कठिन छ ।‘पत्रकार महिलालाई बच्न कोही कसैसँग चुनौती छ भने त्यो पुरुष सहकर्मीसँग हो ।’ मैले केहि दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेँ । कमेन्ट गर्ने धेरै पत्रकार महिलाहरुले सहमती जनाए भने पुरुष पत्रकारहरुले आफूलाई नै तोकेरै गाली गरेझैं कमेन्ट गरे ।
पुरुष पत्रकारहरुले यो कुरालाई ठाडै अस्वीकार गरे । ‘सत्य तितो हुन्छ’ भन्ने कुरा त्यो स्टाटसले बतायो । काम गर्दै जाँदा अप्ठ्यारा दिनहरु आउँछन् । काम गर्ने वातावरण आफू अनुकुल हुँदैन । घरपरिवार, आफन्त सहकर्मी साथमा नहुँदा पनि जिम्मेवारीलाई आत्मसाथ गर्दै पत्रकार महिलाले काम गर्न सक्छन् ।
तर, यो क्षेत्रमा संघर्ष गरेर स्थापित हुनै लाग्दा सबैभन्दा नजिकबाट कसैले असहयोग गर्छ भने ती पुरुषसहकर्मी नै हुन् । असहयोग पनि कामको दक्षतासँग जोडेर होइन, चरित्र हत्या गरेर ।
फलानोसँग त्यसको राम्रो सम्बन्ध छ । योसँग हिँड्छे । यो सँग बस्छे । फलानो त त्यो सँग बोल्छ । यी यस्ता कुरामा ‘चरित्र’ का हजार अनावश्यक प्रसंग जोडेर ‘रक्सी गफ’ बनाउँछन् ।
त्यसको असर समस्याका पहाड छिचोल्दै आँखाबाट आँशु होइन रगत बगाएर इज्जत कमाएकी एक महिलालाई कति असर पर्छ भन्ने कुरा पुरुषवादी समाजले कहिल्यै सोचेको छ रु
अफवाहका रुपमा फैलिएका कुराबारे कतिजनालाई स्पष्टीकरण दिँदै हिँड्ने रु कि पत्रकार महिलाले कहाँ जाँदैछु , कोसँग जाँदैछु भन्नेकुरा सबै पुरुष पत्रकारलाई जानकारी गराउनु पर्ने हो रु
पत्रकार महिलाको रिपोर्टिङ्गको गोप्य स्रोत अनि इस्यु हुँदैन रु हामीले कुनै ब्रेकिङ इस्यु गर्यौं भनेपनि टाउको दुखाई तीनै पुरुष पत्रकारलाई हुन्छ । फेरि जोडिन्छ, चरित्र । के चरित्र महिलाको मात्रै हुने हो रु पुरुषको कुनै चरित्र हुँदैन रु
माथि उल्लेख गर्दै आएको समस्या म स्वयंले ६ वर्षदेखि भोग्दै आएको छु । आज पनि भोग्दैछु । यसको अर्थ सबै पुरुष सहकर्मी असहयोगी हुन्छन् भन्न खोजेको होइन । तर, सहयोग गर्ने भन्दा असहयोग गर्नेको जमात धेरै ठूलो छ ।
महिलाहरु इमान्दार हुन्छन् । दिएको जिम्मेवारी पुरा गर्छन् भनेर सानादेखि ठूला संचारगृहले पिँजडाको पंक्षी जस्तै बनाएका छन् । एउटा स्टुडियोमा बसेर सांगीतिक कार्यक्रम चलाउँदैमा, अरुले लेखेका समाचार वाचकको हैसियतले पढ्दैमा व्यक्तिगत क्षमतामा वृद्धि हुँदैन ।
अधिकांश एफएम रेडियोहरुले महिलालाई यसैगरी कैद गरेका छन् । महिलाहरुलाई स्टुडियो भन्दा बाहिर निस्कने वातावरण दिएका छैनन् ।
सामान्य स्तरका मान्छे, नपढेका अनि केहि नबुझेकाहरुले त्यस्तो टीप्पणी गर्दैनन् । यस्ता अफवाह फैलाउनेहरु जो समाजमा उपल्लो दर्जाका मानिन्छन्, उनै हुन् । अझ समाजमा उनीहरुको हैसियत बुद्धिजीवि रे १
त्यतिमात्रै होइन जुन सञ्चारकर्मी महिला मिडिया हाउसका मालिक वा सिनियर मालिकसँग नजिक भइनन् उनीहरुले निकै दुःख पाउँछन् । स्टुडियो भित्रै नचाहिने हर्कतसम्म गरेका उदाहरण हामीसँग छन् ।
जुन पत्रकार महिला स्थानीय सञ्चार माध्यममा कार्यरत छिन् उनले यस्ता हर्कतको विरोध गरे जागिरबाटै हात धुनुपर्छ । त्यसमैले कहाँ सञ्चार क्षेत्रबाटै विस्थापित समेत हुने अवस्था छ । यस्तै समस्या भोगेर संचार क्षेत्रबाट विस्थापित भएका महिलाहरुको नामै सार्वजनिक किन नगरेको रु भन्ने प्रश्न पक्कै पनि आउँछन् ।
तर, यहाँ व्यक्तिगत कुरा कोट्याउन आवश्यक ठान्दिन । सुकेसकेको घाउ कोट्याउँदा उनीहरुको व्यक्तिगत, वैवाहिक जीवनमा उतारचढाव आउन सक्छ ।
प्रसंग आफूतर्फ नै मोडौं, मेरा धेरै पुरुष साथीहरु छन् । हामी कामको सिलसिलामा सँगसँगै हुन्छौं । मलाई काम गर्न महिला पुरुष जोसँग हिँड्न पनि असहज लाग्दैन । किनकी म बेमतलबमा हिँडिरहेकी हुँदिन । आफ्नो काममा हुन्छु ।
पुरुष साथीहरुसँग रिपोर्टिङमा हिँडेको कुरालाई चरित्रसँग जोडिएर बजारभरी चर्चा हुँदो रहेछ । हल्ला अर्कतिर मोडिएको त पछि पो थाहा हुन्छ ।
सामान्य स्तरका मान्छे, नपढेका अनि केहि नबुझेकाहरुले त्यस्तो टीप्पणी गर्दैनन् । यस्ता अफवाह फैलाउनेहरु जो समाजमा उपल्लो दर्जाका मानिन्छन्, उनै हुन् । अझ समाजमा उनीहरुको हैसियत बुद्धिजीवि रे १
अनि समाज यस्तो छ नि, महिलासँग जोडिएका हल्ला फैलाउने पुरुष हुन्छन्, अनि ‘होइन’ प्रमाणित गर्नुपर्ने चाहिँ स्वयं महिलाले । आफ्नो दक्षतालाई पो प्रमाणित गर्नुपरोस् । वाह १ यसको लेखाइ भनुन् । तर हामी पत्रकार महिलाले ‘चरित्र’ नामको पगरीलाई ‘राम्रो’ सावित गराउनुपर्ने । कस्तो नियतीबाट गुज्रिरहेका छौं हामी ।
स्टुडियो भन्दा बाहिरको पत्रकारिताबारे बुझ्न नपाएका धेरै पत्रकार महिलाहरु अवसरबाट बञ्चित छन् । सामान्य तालिमको अवसर आए पनि हाकिमहरु नै जान्छन् । अवसर दिने हकमा नेपालका मिडिया मालिकहरु निकै कञ्जुस्याईँ गर्छन् । महिलाका लागि पत्रकारिता रहरले गर्ने र बाध्यताले छोड्ने पेशा बनेको छ ।
अब कसले के गर्ने त रु
नेपाल पत्रकार महासंघमा पत्रकार महिलाको प्रतिनिधत्व गर्न पत्रकार महिलाले नै आफ्ना प्रतिनिधि पठाएका छन् । पत्रकार महिलाका समस्याबारे बोल्न, समाधान निकाल्न, सुरक्षाको ग्यारेन्टी गर्न, श्रम गरे बापतको नियमित ज्यालाको बारेमा बोलुन् भनेर प्रतिनिधि पठाएका हुन् ।
तर, मोफसलका महिलालाले अभिभावक भएको महसुस अहिलेसम्म गर्न पाएका छैनन् । महिलाहरुले झेलेका समस्याको बारेमा हाम्रा प्रतिनिधिले कहिले बोल्ने रु दुर्गममा महिलाहरुले कसरी पत्रकारिता गरिहेका छन् भन्ने कुरा काठमाडौंले बताउन सक्दैन ।
दुर्गमको त्यसको लागि स्थलगत अवलोकन गर्नु पर्यो । पत्रकार महिलाहरुसँग छलफल, समन्वय र सहकार्य गर्न हाम्रा प्रतिनिधिले मोफसलमा आउन आवश्यक छ । मिडिया मालिक र हाकिमले गर्ने व्यवहार बदलिनु पर्छ ।
स्टुडियो भन्दा बाहिर पनि पत्रकारिता क्षेत्र छ भन्ने कुरा देखाउनु पर्यो । पत्रकार महासंघले मोफसलका पत्रकारको अवस्थाबारे चासो देखाउन ढिला भइसक्यो । प्रेस काउन्सिलले संचारगृहको अनुगमन गर्न जरुरी छ ।
सरकारले हेरफेर नै नगरी मिडिया सञ्चालनको अनुमति दिने काम बन्द गर्नुपर्छ । हामी महिला पनि आफूमाथि भएका समस्या कठिनाइका बारेमा खुलेर बहस गरौं ।
पत्रकार मेनुका ढुंगाना अछामबाट कान्तिपुर दैनिकमा रिपोर्टिङ गर्नुहुन्छ ।
साभार महिला खबर डट कम