दीपेन्द्र बस्नेत
पुनर्वास, डेढ वर्ष देखि तलबभत्ता नपाएकी कञ्चनपुरकि एक शिक्षिकालाई पारिश्रमिक दिन जिल्ला अदालतले फैसला सुनाएको छ ।
पुनर्वास नगरपालिका २ स्थित अरनिको आधारभुत विद्यालयमा राहत कोटामा अध्यापन गर्दै आएकी शिक्षिका नागमती रानाले डेढ वर्ष देखि तलब भत्ता नगरपालिकाले नदिए पछि उनले दिएको मुद्दाको सुनुवाइ गर्दै अदालतले फैसला जारी गरेको छ ।
शिक्षिका रानाले २०७५ मंसिर १६ गते पुनर्वास नगरपालिका कार्यालय, नगरपालिकाको लेखा शाखा,शिक्षा शाखा,कार्यपालिका र विद्यालय लाई बिपक्षी बनाउदै मुद्दा दायर गरेकी थिइन ।
रानाले दिएको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरले तलब भत्ता उपलब्ध गराउन फैसला सुनाएको छ ।
राहत कोटामा अध्यापन गर्दै आएकी रानालाई हटाएर स्थानीय लाई राखिएको थियो । रानालाई २०७४ साउन देखि दशै सम्मको पहिलो चौमासिकको तलब भत्ता खुवाइए पनि त्यस यताको तलब रोकिएको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.