आशिष थापा
सामान्यता, शरीरमा छिटो र छोटो समयमा पच्ने तथा भोजन पच्नको लागि शरीरले ज्यादा उर्जा खपत गर्नु नपर्ने भोजन शाकाहारी भोजनको दायरामा पर्छ।एक हिसाबले छोटो समयमा पच्ने भोजनले शरीरमा उर्जा संचालन र रक्त संचारलाई सन्तुलित अवस्थामा राखेको हुन्छ। जब यो रक्त र उर्जा संचालनमा समस्या आउछ तब रोगको उत्पति हुन थाल्छ।वास्तवमा संसारमा ८० प्रतिशत रोग पेटको समस्या बाट सुरु हुन्छ, जुनको प्रमुख कारण व्यक्तिको खानपान तथा जीवनशैली संग जोडिएको हुन्छ।आजभोलिका मानिसहरु स्वादको पछाडी लागेर, आफुले खाने र नखाने कुराहरु छुट्याउन नसक्ने अवस्थामा पुगेका छन्।
मानिस स्वभावत शाकाहारी प्राणी हो। मांसाहारी प्राणीमा जस्तो हुने क्षमता जस्तै रातिमा देख्न सक्ने, मांसाहार सेवन गर्न चाहिने तिखो नंग्रा, तिखो दाँत इत्यादी कुरा मानिसमा पाइँदैन। यति मात्रै कहाँ हो र, मानिसको स्वरूप संग मिल्दोजुल्दो प्राणीहरु जस्तै चिम्पान्जी, गोरिल्ला आदि शाकाहारी नै हुन्। केहि वैज्ञानिक दाबी गर्छन, मानिस यीनै प्राणीहरुको विकशित रुप हो। जब हाम्रा पुराना पुस्ता नै शाकाहारी थिए भने हामी कसरी मांसाहारी भयौ ?
दोश्रो कुरा मानिसले खाएको भोजनले शाररिक मात्र नभई मानसिक स्वास्थ समेत बनाउन मद्त गर्दछ। जब आहार नै शरीर बिज्ञान बिपरित छ भने शाररिक स्वास्थको त कुरै छाँडौ मानसिक स्वास्थ समेत बिग्रिन्छ।विश्व स्वास्थ संगठनले शाररिक र मानसिक दुवै रूपमा स्वस्थ मानिसलाई मात्रै स्वस्थ व्यक्ति भनेको छ। एउटा पुरानो कथन छ नि, जस्तो खाईन्छ पानी उस्तै हुन्छ बानी, जब आहार नै हिंस्रक तरिकाले उत्पादन गरेको अपथ्य बस्तु खाएर सुरु गरिन्छ भने व्यवहारमा पनि सामान्य कुराहरुमा पनि छिटै हतोत्साही हुने, काम गर्दा आस्थिर हुने, छिटै रिसाउने, आक्रामक हुने जस्ता कुरा देखिनु सामान्य हो। यसो भन्दै गर्दा सबै मांसाहार गर्ने व्यक्ति यस्तै हुन्छन चाहिँ भन्न मिल्दैन तर यी कुराहरु मानिसको दिमाग भित्र सुशुप्त अवस्था मा भने रहेको हुन सक्छ, जो कोहि व्यक्तिले ज्ञान, अनुभव र चेतना को माध्यमबाट आफुमाथि विजय प्राप्तगरी नियन्त्रण गर्दछन्। समय र अवस्था मिलेमा शाकाहारी प्राणी पनि हिंस्रक बन्दैन भन्न सकिँदैन तर पनि रबरको तन्किने अन्तिम अवस्था भने जस्तै हिंस्रक व्यवहार नियन्त्रण गर्ने क्षमता शाकाहारी प्राणीमा बढी देखिन्छ भने मांसाहारीमा धेरै नै कम।
संसारमा अपराध, अत्याचार, अन्याय प्राय बेहोशीको अवस्थामा नै भएको हुन्छ। मदिरा र मांसाहार संगै आउने चलन छ जुन शास्त्रले पूर्ण रुपमा वर्जित गरेको छ। कल्की अवतार भगवानलाई बस्न दिएको विभिन्न स्थान मध्ये मदिरा पनि एक हो, जसको सेवनले मानिसलाई केहि समयको लागि पूर्ण रुपमा अन्धो बनाइदिन्छ।यस्तो पदार्थ माथि मांसाहारको सेवनले मानिसलाई बेचैन बनाइदिने, छिन- छिनमा एक्लोपन को आभास दिलाइदिने, आवश्यकता भन्दा ज्यादा भावुक बनाइदिने निश्चित छ। अझ त्यहि माथि उक्त मांसाहार तयार पार्न कुनै प्राणीको हत्या गर्नुपर्ने र यसरी हत्या गर्दा त्यो पशुलाई भएको पिडा पनि मांसाहार संगै मानिसमा प्रवेश गर्ने हुँदा मानिस पनि चिड-चिड़ापनको शिकार हुने,पशुको जस्तै दोहोरो मन बनाउने नहोला भन्न सकिन्न।
एक थरिका जमात फेरी मांसाहारलाई पशुवली संग जोड्ने गर्दछन् र भन्छन् जब भगवानले पशुवली स्वीकार गर्दछन् भने हामी किन अफसोज मान्ने ? तर यथार्थमा कुनै पनि शास्त्र,पुराण,कुरान, बाइबल कतै पनि पशुवली र मांसाहारलाई स्वीकार गरेको पाइँदैन। फेरी मानिसले कहाँबाट यो परम्पराको सुरुवात गर्यो त भन्ने कुरा महत्वपूर्ण छ। यस्तो परम्पराको आविस्कार श्राद्धमा पण्डितले बिरालो बाँधे जसरी सुरुवात भएको हुन सक्छ। शास्त्रमा भने जस्तो मानिस ८४ लाख जन्म पार गरेर आएको हो र सायद पूर्व जन्ममा त्यो पशुले मानिसलाई खाएको हुनुपर्छ जसको बदला स्वरूप यो जन्ममा पनि मानिसले पशुलाई खाएको हुनुपर्छ। यसरी समयमा नै यो भेदको बारेमा ज्ञात नभए, बदलाको भावना स्वरूप चलेको यो चक्र अनन्त काल सम्म चल्ने र मानिस यसैमा फस्ने निश्चित छ।
विश्वमा भोकमरी र शुद्ध पानीको सहज उपलब्ध नहुनुमा मांसाहार भोजन पनि एक कारण हो। एउटा पशुलाई धेरै समय लगाएर अन्न, पानी खुवाएर ठुलो बनाई मासु बनाईन्छ र उक्त पशुलाई ठूलो बनाउने बेला सम्म मानवको लागि प्रयोग गरिने धेरै अन्न र पानीको बर्बाद भएको हुन्छ जसको परिणाम स्वरूप मानिसको आहार कमी भएर कुपोष़णको शिकार हुन्छन्। यस्तो हुनुमा मानिसले प्रकृतिसँग को आफ्नो ताल-मेल मिलाउन नसकेको प्रस्ट देखिन्छ ।
केहि बौद्धिक जमात आफ्नो धारणा अगाडी सार्दै फेरी भन्छन्, यी पशुहरुको हत्या नभए त सारा पृथ्वी पशुले भरिन्छ अनि मानिस कहाँ बस्ने ? के साच्चै नै हत्या नगरेकै कारण सारा पृथ्वी पशुले भरिएर मानिसलाई बस्ने ठाउँ समेत नहोला त ? हामी सबै ले जानेकै हौँला, माग र आपूर्तिको सिद्धान्त, जुन बस्तुको माग कम हुन्छ, त्यसको आपूर्ति पनि बिस्तारै कम हुदै जान्छ। वास्तवमा यी पशुहरु बिज्ञान र प्रविधिको सहारा लिएर क्लोनिंग तथा छिटो विकास हुने औषधि खुवाई विकास गरिएका हुन्छन ताकी उक्त पशुको मासु वितरण गर्न सकियोस् र छिटो र छोटो समयमा धेरै आम्दानी गर्न सकियोस्। के साच्चै नै यस्ता छिटो विकास हुने औषधि प्रयोग गरिएका पशुको मासु खाएर मानिसको शाररिक तथा मानसिक स्वास्थ बन्छ त ?यदि बन्छ भने त्यस्तो स्वास्थमा पशु विकार नआउला भनेर कसरी भन्ने ?
आमाले आफ्नो शिशुलाई दुध खुवाउँछिन् किनभने उक्त दुध आमाको छातीमा प्रेमले भरिएर आएको हुन्छ।खासगरी त्यो दुधमा पनि आमाको रगत नै हुन्छ, जुन आमाको प्रेमको कारण रगतको स्वरूपलाई परिवर्तन गर्दै दुध हुदै बगेर आउँछ। के बलजफ्ती हत्या गरी आएको रगत र त्यसबाट तयार भएको मासुले मानिसको पेट भित्र प्रवेश गर्दा स्वस्थ बनाउला कि रोगि ? यसरि आएको मांसाहार खानाले मानिस मा पशु-चरित्र किन नल्याउने ?अनन्तस् मानिस पनि पशु जस्तै खाने,बस्ने र सन्तान उत्पादन गर्ने मात्रै भएका छन्।
मानिस र पशुमा धेरै अन्तर छ र मानिसले पशुको जस्तो व्यवहार गर्नु हुदैन भनेर सानै देखि बाल-बच्चाहरुलाई सिकाईन्छ तर खाने बेलामा त्यहि पशुको मासु खुवाईन्छ, अब के ति बाल-बच्चाहरुमा पशुको जस्तो व्यवहार नआउला त ? जब यसरि हुर्केका पुस्ता ठुलो भएर स्वार्थ रहित र निष्पक्ष भएर बिशुद्ध मानव सेवामा लाग्छन भन्ने ग्यारेन्टी दिन सकिन्छ र ? यदि सकिन्छ भने पनि मपाई को भावना नआउला भन्न सकिदैन।कवि शिरमोणी लेखनाथ पौडेल ले भने जस्तै , मैँ खाँऊ,मैँ लाँउ, सुख सयल, मोज मैँ गरुँ, मैँ हाँसु, मैँ बाँचू, अरु सबै मरुन दुर्बलहरू भन्ने भावनाको विकास हुन्छ। यस्तो भावनाले मानव जाति को व्यक्तिगत रुपमा विकास त गर्ला तर त्यो मानवमा मानवियता रहदैन, त्यो त एक मानवद्वारा निर्मित स्व-चलित यन्त्र जस्तो हुन्छ जसले कुनै पनि मानिसको संवेदना, भावना, प्रेम, विचार तथा धारणालाई बुझन सक्दैन। जब यस्ता व्यक्तिको संसारमा उत्पादन हुन्छ भने यस धर्तिको सुन्दरता के नै पो रहन्छ र रुयस्ता संवादहिन गुडियाहरु संग समय बिताएर के मानिस साच्चै नै सफल, सन्तुष्ट र स्वस्थ रहन सक्छ त ?
मानिसलाई मानिस हुनुको महत्व देखाईदिने मानिसले नै हो। जब यस्ता स्वार्थी मानिसको बिकाश हुन्छ त यस लोकमा मानिसको त के कुरा गर्ने परमात्माको पनि अस्तित्व रहदैन।
लेखक पोखरा बिश्वबिध्यालय,व्यवस्थापन संकायमा उपप्राध्यापक – पदमा कार्यरत हुनुहुन्छ।