राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका प्रदेश प्रमुखले आज अपराह्न शीतल निवासमा सामूहिक शिष्टाचार भेट गर्नुभयो ।
त्यसअवसरमा प्रदेश प्रमुखले हालसम्म सम्पादन गरेका कार्यका बारेमा जानकारी दिनुका साथै आआफ्ना अनुभव सुनाउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।