वीर अस्पतालको अस्थायी लिफ्ट चुँडिदा २ मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरी रहेको महानगरीय प्रहरी वृत्त काठमाडौंले जनाएको छ।
अस्पतालको निर्माणाधीन भवनमा बिहीबार राति ४ तला माथिबाट लिफ्ट चुँडिएर उनीहरू खसेका थिए।
मृतक दुवैको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।