नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा नविन सिग्देल निर्बाचित भएका छन् । आइतबार पोखरामा भएको मतदानमा सिग्देल ७७ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी माधव रेग्मीले ६६ मत पाए। अर्का उम्मेदवार यदुनाथ बञ्जराले १७ मत पाएका छन ।
त्यसैगरि उपाध्यक्षमा प्रकाशचन्द्र सापकोटा सर्वसम्मत चयन भए भने महिला उपाध्यक्षमा रवी आले ९रविना० चयन भईन् । सचिवमा प्रदीप पौडेल ८० मत ल्याउँदै निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी भुपाल गुरुङले ५९ मत ल्याए भने अर्का उम्मेदवार सन्दिप पौडेलले २० मत पाएका छन ।
कोषाध्यक्षमा विजय लम्साल र सह सचिवमा ज्योति हमाल निर्विरोध चयन भए। अध्यक्ष र सचिव बाहेक सबै पदहरुमा सर्वसम्मत भएको केन्द्रीय प्रतिनिधि लाल ऐरीले पोखरा पोष्टलाई जानकारी दिए । त्यसैगरी सदस्यहरुमा खुलातर्फ कमल पौडेल, सन्तोष बस्याल, ठगराज शर्मा, सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ, मधु अधिकारी, सम्राट गुरुङ, सुभाष पौडेल, अनिषा श्रेष्ठ, सुभाष आचार्य र महेन्द्र ढुंगाना सर्बसम्मत चयन भएका छन । महिला सदस्यमा भने सपना अधिकारी, भावना श्रेष्ठ र दलित सदस्यमा विजय नेपाली चयन भएका छन् ।
प्रेस युनियन कास्की शाखाको नवौं अधिवेशनले केन्द्रिय र प्रदेश पार्षदहरु पनि निर्विरोध चयन गरेको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.