प्तरीमा मंगलबार बिहान भेटिएकाे वृद्ध दम्पत्तीको शव हत्या गरेर जलाइएकाे पुष्टि भएकाे छ। खडक नगरपालिका-५, खरचुहियाका करीब ७० वर्षिय सवुरी साह र उनकी पत्नी ६५ वर्षीया वेचनी साहको शव मंगलबार बिहान फेला परेको थियाे।
साह दम्पत्तीकाे हत्या गरेर कपडाले छाेपी आगाे लगाइएकाे पुष्टि भएकाे सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताए। विष्टका अनुसार आज बिहान करिब ८ बजेकाे समयमा दुध लिएर आउनेले घरकाे ढाेका नखुलेकाे र झ्यालबाट धुवाँ आइरहेकाे देखेपछि प्रहरीलाई खबर गरेका र प्रहरी घटनास्थल पुग्दा दुबैकाे लास भेटिएकाे थियाे।
दुबैकाे शरीर जलेको अवस्थामा लाश भेटिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीकाे फरेन्सिक एक्सपर्टसहितकाे टाेली घटनास्थलको मुचुल्का र थप अनुसन्धानका लागि परिचालन गरिएकाे र थप अनुसन्धान पनि अघि बढाइएकाे एसपी विष्टले जानकारी दिए।
साह दम्पत्तीकाे हत्यामा अनुसन्धानका लागि अहिले पूर्व क्षेत्रिय प्रहरी आवासीय माध्यामिक विद्यालय, धरानबाट तालिमप्राप्त कुकुरकाे समेत परिचालन गरिएकाे छ।
घटनास्थलकाे अवलाेकनपछि अनुसन्धानका लागि पूर्व-पश्चिम राजमार्गतर्फ अघि बढ्दै तालिमप्राप्त कुकुरसहितकाे प्रहरी टाेली
‘अहिले तालिमप्राप्त कुकुरसहितकाे टाेलीले अनुसन्धान गरिरहेकाे छ, घटनास्थलमा रगतकाे छिटा पनि भेटिएकाे छ। कुकुरकाे सहयाेगमा अनुसन्धान टाेली हत्यारा भागेकाे अनुमान गरिएकाे स्थानमा सर्च अपरेसनमा खटिएकाे छ’, एसपी विष्टले भने, ‘हत्यारा छिट्टै पत्ता लाग्छ।’
मृतक सवुरी साह पैसा ब्याजमा लगाउने काम गर्थे। उनीहरुका २ छाेरा दुबै इन्जिनियर हुन्। सत्यनारायण साह उदयपुरकाे गाइघाटमा र तेजुलाल साह धरानस्थित विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत रहेकाे बताइएकाे छ।