मन्त्री अधिकारीको शव अन्त्यष्टीका लागि पोखरा ल्याईंदै–प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली, रामघाटमा अन्त्यष्टी

0
1182

मन्त्री अधिकारीको शव अन्त्यष्टीका लागि शुक्रबार पोखरा ल्याउने कार्यक्रम छ ।

विहान ११ बजे हेलिकोप्टर मार्फत शव पोखरा आईपुग्नेछ । दिउँसो १ बजे नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि शव राखिनेछ । ४ घण्टा श्रद्धाञ्जलीका लागि राखेपछि शवयात्रा गरी रामघाटमा दाहसंस्कार गरिने सरकारले जनाएको छ । प्रदर्शनी केन्द्रबाट नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा हुने सरकारले जनाएको छ

मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि शुक्रबार संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, कानुनमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलगायत सरकारी प्रतिनिधिका साथै नेकपाका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता पोखरा आउने कार्यक्रम छ ।