गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनमा आबद्ध रही साविकको गण्डकी धौलागिरी अञ्चल अन्र्तगतका बिभिन्न जिल्लाहरुमा संचालित पेट्रोल पम्पहरुमा पेट्रोलको भुत्तान बिद्युतीय कारोवार आइएमई पे बाट गर्न सकिने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आइएमई पे का तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क ब्यबस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका तर्फबाट अध्यक्ष राजन गोंगजुले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता दुई बर्ष सम्म कायम रहने बताइएको छ ।
झण्डै २० हजार एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई ग्रुप अन्र्तगतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैकको भुत्तानी तथा फछर््यौट विनियमावली २०७२ वमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोवाईल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको जनाइएको छ ।आईएमई डिजिटलले आईएमई पे ब्रान्ड अन्र्तगत मोवाईल वालेट सेवा उपलब्ध गराउनेछ साथै यसको मद्यतबाट सेवाग्राही आफैले वा एजेन्टहरुको सहयोग लिएर मोवाईल मार्फत बिभिन्न किसिमका भुत्तानी सम्वन्धी कार्य गर्न सक्ने बताइएको छ । ।ब्यक्ति ब्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुबिधादेखि लिएर बिभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यु आर मार्फत भुत्तानी गर्ने,मोवाइल रिचार्ज गर्ने, र बिभिन्न घरायसी तथा कार्यलयका बिलहरु भुत्तानी गर्ने कार्यमा समेत सहयोग गर्ने आयोजकले जनाएका छन । हाल करिब ५४ वटा पेट्रोलपम्पबाट सेवाग्राहीले सुबिधा लिन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।