ठुला पार्टीका नेताले धर्म मासे: राप्रपा अध्यक्ष कमल थापा

0
1517

दीपेन्द्र बस्नेत
पुनर्वास।बिदेशीको दवाबमा नेपालका ठुला पार्टीका नेताहरुले हिन्दु धर्म मासेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले बताएका छन् ।
राप्रपा नेपालद्वारा आयोजना गरिएको मेचीमहाकाली राष्ट्रिय स्वाभिमान यात्राका दौरान कञ्चनपुरको पुनर्वासमा आयोजित एक धार्मिक अनुष्ठान कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले भने हाम्रो सनातन हिन्दु धर्म र संस्कृति माथी चौतर्फी आक्रमण गरिएको छ ।
श्रीनिवास दिव्य धाम सेवा समितिले कञ्चनपुरको पुनर्वास स्थित क गाउँमा आयोजना गरेको बिराट महा अनुष्ठानमा शनिबार पुगेका नेता राप्रपा नेपाल अध्यक्ष थापाले भने ” नेपालको पहिचान र अस्तित्व नास गर्न योजनाबद्ध रुपमा काम भइ रहेको छ ।” उनले भने – अहिले मुलुकमा सद्भाव बिथोलिएको छ । हिन्दु राष्ट्र कायम भए मात्रै सबि धर्मको रक्षा र सद्भाव कायम हुन्छ ।
हिन्दु धर्म पुनःस्थापनाको माग राख्दै मेची काली यात्रामा हिडेका राप्रपा अध्यक्ष थापाले भने ” अहिले देशको अस्तित्व संकटमा परेका बेला जनतालाई जागरुक बनाउन आफुहरु अभियानमा निस्केका हौ ।”