नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिबेशनले एकराज गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । गिरीले २४ मत ल्याउदा प्रतिष्पर्धी दिनानाथ बराललाइ २३ मत प्राप्त भयो । १ मतले गिरीले बराललाइ पराजित गरेका हुन ।अन्य पदाधिकारी र सदस्य निर्बिरोध चयन भएको निर्बाचन समितिले पोखरा पोष्टलाई जानकारी दिएको छ ।
उपाध्यक्षमा रञ्जन अधिकारी,महासचिबमा बिजय नेपाल,सचिबमा राजाराम पौडेल र कोषाध्यक्षमा शशी पौडेल चयन भए।त्यसैगरि सदस्यहरुमा खुल्ला तर्फ उमेश पुन,नारायण शाही,रोशन अधिकारी चयन भए भने दलित तर्फ शुशिल नेपाली चयन भए ।महिला तर्फ कबिता घर्ती मगर र आदिवासी जनजाति तर्फ गीता रानामगर चयन भए । तीन बर्षे कार्यकाल रहेको समिति जिल्लाबाट प्रादेशिक स्तरमा रुपान्तरण भएको बताइएको छ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.