राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको सहमतिले देशलाई दुर्घटनामा फसाउने दाबी गर्नुभएको छ ।
मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुटवल आउनुभएका थापाले आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सिके राउतलाई कारवाही गर्नुको साटो सहमति गरेर सरकारले विखण्डनलाई बढावा दिएको आरोप लगाउनुभयो । देशको शान्ति सुरक्षाको अवस्था बलियो बनाउन सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष थापाले नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने, धार्मिक स्वतन्त्रतासहितको सर्वधर्मसापेक्ष हिन्दू राष्ट्रको पुनःस्थापना तथा सबै शक्ति अटाउने संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको स्थापनाको लागि मेची–महाकाली अभियानको थालनी गरिएको बताउनुभयो ।