नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक: केसी

0
576
kqsf/ ;Dd]ng g]kfn k|]; o'lgog sf:sLåf/f laxLaf/ kf]v/fdf cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} g]kfnL sfFu|];sf s]Gb|Lo ;b:o Pjd k"j{dGqL ch'{gg/l;+x s];L . t:jL/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

 

पोखरा, ३० फागुन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक कदम भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त दललाई सरकारले प्रतिबन्ध लगाएकाले देशमा फेरी द्वन्द्व बढ्न सक्ने आशङ्का व्यक्त गर्नुभयो ।
“विप्लवका गतिविधि निगरानी गरी नियन्त्रणमा ल्याउने हो, पार्टीमाथि नै प्रतिबन्ध लगाउन त मिल्दैन नि,” नेता केसीले भन्नुभयो, “राजनीतिक पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक र संविधान विपरित छ ।”

जनताको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गराउनु सरकारको दायित्व भए पनि उक्त दायित्वबाट सरकार चुकेको बताउँदै उहाँले वाइडबडी, फोरजी प्रकरणलगायतमा भएको आर्थिक अनियमितताको स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले आफूहरू संयम र धैर्य बन्नाका साथै लोकतान्त्रिक प्रकृयाबमोजिम अघि बढिरहेको स्पष्ट पार्नुभयो । पार्टी नीतिगत एवं नेतृत्वगत रुपमा पारदर्शी भएर अघि बढ्नुपर्छ भन्ने विचारका साथ आफूहरू पार्टीको सुधार गर्ने क्रममा रहेको उहाँको भनाइ थियो ।