जातिय बिभेदले जन्माएको एउटा संस्था बिश्वकर्मा कल्याण गुठी

0
1535

सरिता तिम्सिना पगेनी
कास्की ।  मान्छे नर्मने कुनै शहर हुदैन । हो मानिस जन्मे पछि मर्छ नै । कहाँ मर्छ कतिबेला मर्छ केही थाहा हुदैन  । सबैलाई आफ्नै जन्म थलोमा मर्ने  सौभाग्य कहाँ प्राप्त हुदोरहेछ र । हो यस्तै एयटा  दुखद घटना घट्यो पोखरामा । पोखरा महानगरपालिका वडा नं २ का बिश्वकर्मा परिवारका एक सदस्यको मृत्यु भयो गत हप्ता ।हिन्दु संस्कार अनुसार १३ दिन किरिया कर्म गर्नु पर्ने भयो ।  किरिया  सम्पन्न गर्नका लागि नजिकैको स्थानीय ब्राम्हण समुदाय द्धारा निर्मित   क्रिया पुत्रि भवनमा  किरिया बस्ने  चाँजो मिलाइयो । मृतकका परिवार ,आफन्तजन जब  किरिया पुत्री भवनमा पुगे ,त्यहाँ ताल्चा लगाइएको रहेछ । सम्पर्क  ब्यत्ति संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । दलति भएकै कारण आफुहरुलाइ किरिया पुत्री भवन उपलब्ध नगराइएको तितो यथार्थ बोध भए पछि भने यतिबेला पोखरा महानगरको वडा नं १, २,३, ४,१८,२५ लगाएतका स्थानमा बसोबास गर्दे आइरहेका बिश्वकर्माहरु संगठित भएका छन ।  भेलाले  मनबहादुर लामगादे बिश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय समिति समेत गठन गरेका छन ।  जसमा उपाध्यक्ष भिमबहादुर सेन्चुरी, र भुवन लोहनी,महासचिबमा दिपक घिमिरे ,सचिब राजकुमार घिमिरे ,सह सचिवमा बिष्णुदेबी गौतम,कोषाध्यक्षमा राम बहादुर बराइली, सहकोषाध्यक्षमा रुपलाल सुनार रहेका छन ।
त्यसैगरी सदस्यहरुमा राजेन्द्र गदाल,राजेन्द्र सुनार ,रचना सुनार ,दिपक गहतराज,सुरेन्द्र सुनार,श्याम खाती,गीता सुनार ,सम्झना सुनार ,लोकेश सेन्चुरी,राजेश खड्का ,काशिराम सेन्चुरी,गोविन्द सुनार, र चन्द्र बहादुर बिश्वकर्मा रहेका छन ।रुद्र बहादुर सुनार ,महलाल घिमिरे,नैनालाल सदासंकर संरक्षकको रुपमा रहेका छन भने २१ सदस्यीय सल्लाहाकार समिति समेत चयन भइसकेको छ ।


आफ्नो समुदायको पनि छुट्टै किरिया पुत्री भवन चाहिने रहेछ भन्ने अनुभुति भयो अध्यक्ष मन बहादुर लामगादेले भने अन्य समुदायले बहुउदेश्यीय भवन बनाउछन भने हामीले पनि किन नवनाउने । आगामी दुई बर्ष भित्रमा किरिया पुत्री सहितको बहुउदेश्यीय भवन निर्माण गर्ने लक्ष्य रहेको समेत  अध्यक्ष लामगादेले  बताए ।
समाजले आजीवन सदस्यताको लागि १० हजार र साधारण सदस्यताको लागि २ हजार शुल्क समेत निर्धारण गरेको समाजका उपाध्यक्ष भुवन लोहनीले पोखरा पोष्ट सगको कुराकानीमा भने  । हामी १० लाखको अक्षय कोष स्थापना गर्छाे लोहनीले भने त्यसैको ब्याजबाट निम्न आर्थिक अबस्था भएका समाजका सदस्य हरुको मृत्यु हँुदा सहयोग गर्छाे । राजनितिक ,आर्थिक तथा सामाजिक वर्चस्वमा कथित उच्च जात र उच्च बर्गको लामो समय देखिको एकाधिकार तोड्न नसकिएकाले समाजमा अर्भै पनि दलित समुदायको न्यायोचित हैसियत स्थापना हुन नसकेको पाइन्छ ।