चिप्लेढुङ्गाको ‘ढुङ्गा’माथि पहेँलो रङ ,सम्पदामाथि अतिक्रमण गरिएको भन्दै विरोध

0
910
9'+uf dfly kx]nf] /ªu kf]v/fsf] klxrfgnfO{ lrgfPsf] lrKn]9'+ufsf] …9'+ufÚ dfly kx]nf] /ªu nufPkl5sf] 9'+uf . tl:a/M hd'gf jiff{ zdf{, lrKn]9'ªuf, -sf:sL_, /f;;

 

 

चिप्लेढुङ्गा, पोखरालाई चिनाउन मद्दत पु¥याएको चिप्लेढुङ्गाको ‘ढुङ्गा’माथि पहेँलो रङ पोतिएको छ । रङ दलिएपछि सम्पदामाथि अतिक्रमण गरिएको भन्दै त्यसको विरोध भएको छ ।

पोखराको महेन्द्रपुल नजिक व्यापारिक स्थान चिप्लेढुङ्गा त्यही ढुङ्गाको नामबाट प्रसिद्ध छ । लायन्स क्लब अफ हेम्जाले केही समय पहिला रेलिङ राखेर ढुङ्गाको संरक्षण गरेको थियो । क्लबका तत्कालीन अध्यक्ष नवराज त्रिपाठी भन्नुहुन्छ, “हामीले पोखराको व्यापारिक स्थान जुन ढुङ्गाको नामबाटै प्रसिद्ध छ यसलाई जोगाउनुपर्छ भनेर रेलिङ राखेका हौँ । रङ लगाउँदा स्वरुप बिग्रने भन्दै हामीले लगाएनौँ ।”

महेन्द्रपुल र चिप्लेढुङ्गा जाने बाटो छेउमा रहेको सो ढुङ्गा गाडी ठोक्किएर फुट्न सक्ने र इतिहास मेटिन सक्ने भएकाले रेलिङ हालिएको उहाँले बताउनुभयो ।

स्थानीयवासी बलराम बाँस्तोला ऐतिहासिक महत्व बोकको ढुङ्गालाई जोगाएर राखिएको बताउनुहुन्छ । “यसको पुरानै स्वरुपलाई जोगाउनु पर्छ”, उहाँले भन्नुभयो । रङ सफा गरेर पुरानै स्वरुपमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष एवं सामाजिक अभियन्ता रामबहादुर पौडेल यसलाई सम्पदामाथिको खेलबाड भएको बताउनुहुन्छ । “एउटा इतिहास बोकेको वस्तुको प्राकृतिकस्वरुप बिगार्नु उदण्डता हो”, उहाँले भन्नुभयो, “यसको संरक्षणको दायित्व महानगरको हो ।”

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सार्वजनिकस्थलमा पहिचानसँग जोडिएको वस्तुमाथि आफूखुशी गर्ने अधिकार कसैलाई नभएको बताउनुहुन्छ । “ढुङ्गामा पोतिएको रङ महानगरले सफा गर्नेर्छ”, उहाँले भन्नुभयो ।