विप्लवले शनिबारका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता

0
920

 

 

 

 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबारका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ।

एसईईको परीक्षा र नेपाल बार एसोसिएसनको चुनाव परेकाले बन्द फिर्ता लिने निर्णय लिएको बताइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एसोसिएसन र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द फिर्ता लिन आग्रह गरेका थिए ।

विप्लवले यही शुक्रबार र शनिबार लगानी सम्मेलनलाई असर पर्ने गरी नेपाल बन्दको घोषणा गरेका थिए । नेपाल बन्द फिर्ता लिए पनि अन्य कार्यक्रमहरु जारी रहेको पनि बताइएको छ ।

कार्यक्रम अन्तर्गत चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख छ ।

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले गत सोमबार नेपाल बन्द लगायतका चरणबन्द आन्दोलनको घोषणा गरेको थियो।