पोखरा महानगपालिका वडा नं३१ ले दक्ष ट्याक्सी चालक उत्पादन गर्ने उदेश्यले सानो गाडी टयाक्सी सिकाउने तालिम दिन सुरु गरेको छ । टयाक्सी चलाउने सिप सिकेर स्वदेशमा नै बसेर केही गर्न सक्ने दक्ष युवा निर्माण गर्ने उद्धेश्येले तालिम दिन लागिएको वडा अध्यक्ष कमल थापाले पोखरा पोष्टलाई बताए । विशेष गरी वडा नं३१ का निम्न आर्थिक स्तर भएका युवाहरुलाइ लक्षित गरेर सानो गाडी टयाक्सी सिकाउने तालिम सुरु गरेका हौ अध्यक्ष थापाले भने सिकेको सिपलाई ब्यबाहारमा कार्यन्वयन गरे बेरोजगार बस्न पर्देन । । एक महिना सम्म चल्ने तालिममा सहभागी हुनका लागि ६० जनाले फाराम भरेको उनले बताए ।
३० जनालाइ २ समुहमा विभाजन गरी तालिम दिन सुरु गरिएको प्रशिक्षक कपिल पाण्डेले जानकारी दिए ।