पोखरा ३३ मा नेबि संघ पुर्नगठन

0
583

लेखनाथ । नेपाली काङ्ग्रेसको भातृ संघसंगठन बिस्तार अभियान अन्तरगत नेपाल विद्यार्थी संघ ३३ को सभापतिमा पवन अधिकारीलाई सर्बसम्मत रुपमा चयन गरिएको छ ।

आईतबार भएको पुर्नगठन कार्यक्रमबाट आगामी कार्यकालका  लागी अधिकारी निर्वाचित भएका हुन् ।

नेपाल विद्यार्थी संघले जिल्लामा छरिएर रहेका विद्यार्थीहरुको हक अधिकार सुनिश्चितताका लागि संगठन विस्तार अभियानलाई तीव्रता दिएको हो ।

कार्यक्रममा ने का ३३ का सभापति रामचन्द्र पौडेल , नेता बिष्णु पौडेल , भोजराज आचार्य ,तिलक अधिकारी ,माधब चापागाईं, रुद्रमडी आचार्य तथा विभिन्न स्कुल र कलेजबाट विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।