कास्की । सिद्धेश्वर महिला समुहको आयोजना एबं फुलबारी क्लब पोखराको सहयोगमा संचालित ५ दिने महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम समापन भएको छ । तालिम समापन समारोहमा बोल्दै पोखरा महानगर पालिका वडा नं ११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले क्षमता अभिबृद्धिका लागि तालिमले महत्वपुण भुमिका खेल्ने बताए ।
उनले तालिममा सिकेको सिपलाई ब्यबहारमा उतार्न समेत आग्रह गरे । महिलाहरुलाई आय आर्जनमा जोड्न वडा ले बिभिन्न सिपमुलक तालिम आयोजना गर्न लागेको समेत अध्यक्ष बास्तोलाले जानकारी दिए । फुलबारी क्लबका अध्यक्ष हरिष चन्द्र बास्तोलाले महिलाहरु अझै पनि नेतृत्व लिने सवालमा पछाडी पर्ने गरेको उल्लेख गर्दे क्लबमा महिलाहरुलाई पनि आबद्ध हुन पनि आग्रह गरे । महिलाको क्षमता अभिबृद्धिको सवालमा क्लब सधै सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।
प्रशिक्षार्थी शोभा बास्तोलाले वडामा बिभिन्न संघ संस्थाले औपचारिक कार्यक्रम आयोजना गर्दा महिलाहरुलाई बत्ताको रुपमा नसमेट्ने गरेको गुनासो गरिन । तालिमलाई क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीले सहजीकरण गरेकी थिइन । तालिममा पोखरा ११ फुलबारीका ३५ जना महिलाहरुको सहभागीता रहेको थियो ।
उद्घोषण कला र कानुनी सचेतनाका बिषयमा महिलाहरुलाइ जानकारी गराउदे उदेश्यले तालिमको आयोजना गरिएको सिद्धेश्वर महिला समुहका अध्यक्ष शारदा देबी बास्तोलाले पोखरा पोष्टलाई जानकारी दिइन ।समुहका अध्यक्ष शारदादेबी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा समुहका उपाध्यक्ष उमा बास्तोलाले स्वागत गरेकी थिइन भने संचालन नारायणी बास्तोलाले गरेकी थिइन ।