पोखरा । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै शंकास्पद बस्तु भेटिएको छ । सडकमा कागजको डल्लो बेरेर राखिएको उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ । यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको समुहले शंकास्पद बस्तु राखेको हुन सक्ने आशंका गरिएको छ ।
आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको घोषणा गरेके थियो ।बन्दको प्रभाव यतिबेला पोखरामा सामान्य छ । लामो दुरीका सवारी साधन चलेका छैनन । निजी सवारी साधनहरु भने केहि चलेका छन् । केहि पसलहरु पनि खुलेका छन् ।शैक्षिक संस्थाहरु भने खुलेका छैनन ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.