पोखराका क्रियशिल पत्रकार गिरी साधारण तारेखमा रिहा

0
625

पोखरा । ठगीको विषयमा समाचार लेखेको भन्दै पक्राउ परेका पोखराका क्रियाशिल पत्रकार ताण्डव साप्ताहीक र ताण्डव न्यूजका सम्पादक अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन ।
ठगीको समाचार लेखेको अभियोगमा सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ परेका पत्रकार गिरीलाई काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले  आज साधरण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
पोखराका व्यसायी विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा  केन्द्रीय अनुसन्धान विभाग ९सीईबी०ले सोमबार पक्राउ गरेको थियो  ।
पत्रकार गिरीको रिहाइको लागि देशैभरका पत्रकार आन्दोलित भएका थिए । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको कार्यक्रम अन्र्तगत आज देशैभरका पत्रकार महासंघका शाखा कार्यलयहरुको अगुवाइमा  पत्रकारहरुले जिल्ला प्रशासन कार्यलयको गेटमा धर्ना दिए ।उनीहरुले  विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेज गर्नुपर्ने, विद्युतीय अपराधको तरवार देखाउन नपाइने, पत्रकारहरुको पेशा लेख्ने भएकोले लेख्न पाउनुपर्ने र प्रहरीको नियन्त्रणमा रहेका पत्रकार गिरीलाई तुरुन्त रिहा गरिनुपर्ने लगायतका माग राख्दै कालो व्यानर सहित प्रशासन गेटमा  १ घण्टा धर्ना दिएका थिए ।