दीपेन्द्र बस्नेत
पुनर्वास । खाद्य अधिकारको सुनिश्चितताका लागि नीतिगत ब्यबस्था निर्माणका लागि पुनर्वासमा दवाब समुहलाई दुई दिने अभिमुखिकरण सञ्चालन गरिएको छ ।
नेपालले संविधानमा खाद्य अधिकारलाई मौलिक हकका रुपमा राखे पनि निकुञ्ज आसपास र संकटासन्न क्षेत्रका जनताहरुको खाद्य अधिकार सुनिश्चित बन्न सकेको छैन ।
स्थानीयको खाद्य अधिकारलाई सुनिश्चितता गराउन स्थानीय स्तर देखिनै राज्यलाई दवाब दिन बनाइएका संजालका प्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
बाँच्न पाउने आधार खाद्य अधिकार भन्ने नाराका साथ फियान नेपालले कञ्चनपुरको पुनर्वासमा दुई दिने अभिमुखीकरणको आयोजना गरेको छ । भारतीय दुधुवा निकुञ्ज र शुक्लाफाँटा निकुञ्ज संग जोडिएको पुनर्वासका जंगल तटीय क्षेत्रका बासिन्दा वन्यजन्तुको आक्रमणका कारण बर्सेनि अन्नबाली र जिउ धनको क्षेती ब्यहोर्दै आएका छन् । यो संगै बर्सेनि आउने दोंदाको बाढिबाट डुबान र अन्नबाली क्षेती हुँदै आएका कारण खाद्य संकटको चरम मार खेप्दै आएका छन् ।
राज्य सरकारलाई स्थानीयको खाद्य अधिकारलाई सुनिश्चित बनाउन सार्थक पहलका लागि दबाब सृजना गराउन सञ्जालमा आबद्ध स्थानियको क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको फियान नेपालका प्रकाश नेगीले बताए ।
बिहिबार देखि दुई दिन सम्म सञ्चालन हुने अभिमुखीकरणमा फियान नेपालका प्रशिक्षक मुकुन्द बहादुर रानाले सहजीकरण गरेका छन्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.