आज किन दिन पनि रात जस्तै लागिरह्यो

0
890

बिष्णु तिमिल्सिना

आज किन दिन पनि रात जस्तै लागिरह्यो
मिठा उन्का याद पनि घात जस्तै लागिरह्यो।
मन्द मन्द तातो वायु अधरमा ठोकिरह्यो
पिर ब्यथा बल्झिएर खात जस्तै लागिरह्यो
हृदयको भित्ताभरी अलिखित कथा थिए
मौन थिए ओठ तर बात जस्तै लागिरह्यो।
डर थियो मनभित्र दबिएथ्यो सास पनि
जस्ले छोए पनि उन्कै हात जस्तै लागि रह्यो।
मर्दो रैछ चाहहरु नियतिले छले पछि
फूल झरी जिन्दगी नै पात जस्तै लागिरह्यो।