गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरणबाबु श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम शैक्षिक क्षेत्रको विकासका लागि खर्च गरेका छन् । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष श्रेष्ठले वडाभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ शुरू गर्ने निर्णय भएपनि आर्थिक अभाबका कारण कक्षा सञ्चालन गर्न समस्या भएपछि उनले आफ्नो सेवासुविधा विद्यालयलाई उपलब्ध गराएका हुन् ।
वडाध्यक्ष श्रेष्ठले पद सम्हालेदेखि अहिलेसम्मको करीब १६ महिनाको २ लाख ८८ हजार तलब भत्ताको रकम वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि खर्च गरेका हुन् ।
वडाध्यक्ष श्रेष्ठले शहिद लखन गाऊपालीका वडा-७ अन्तरगतका सामुदायीक बिधालयहरुको कक्षा-१ देखी ५ (बाल कक्षा,नर्सरी,यूकेजी)सम्मको बिधार्थिहरु लाई आफुले पाएको वडा-अध्क्षयको १६ महिनाको सुबिधा बाट नि:शुल्क रुपमा अग्रेजी माध्यमको किताब शहिद स्मृती मा.बि बुङकोटमा एक कार्यक्रम बिच ब्यबस्थापन समिती,शिक्षक,शिक्षीका र अभिभावकको रोबरमा बिधार्थिहरुलाई हस्तान्तरण गरेका हुन् ।
‘