बुधबार विहानै दुई पटक भूकम्पको धक्का

0
752

काठमाडौं ।बुधबार विहानै भूकम्प गएको छ । धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।  भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।

भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ । चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो ।