बैशाख १२ मा गएको विनासकारी महाभूकम्पको दिनलाई स्मरण गर्दै पोखरामा प्रभातफेरी

0
726

२०७२ बैशाख १२ मा गएको विनासकारी महाभूकम्पको दिनलाई स्मरण गर्दै निप्स पोखरा च्याप्टरद्धारा बिहीबार पोखरामा चेतनामुलक  प्लेकार्ड सहितको प्रभातफेरी र्याली निकालेको छ ।
प्रभातफेरी मानबधिकार चोक बाट सूरु भै शहरका विभीन्न भागको परिक्रमा गरी सभागृह पुगेर कोण सभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै पो.ल.म.न.पा. वार्ड नं ९ का वडाध्यक्ष रामराज लामिछानेले बिमाको बारेमा सवैलाइ बुझाउन सके यसले प्रत्येक व्यक्ती अनि समाजको नै हित हुने बताउनु भयो । उहाँले विमाको महत्वको बारेमा कोही पनि अन्जान नबनोस भनेर छिटै आफनो वडाबाट यसको शुरुवात गरि नगरवासीलाइ आर्थीक रुपमा सुरक्षीत गर्न आफु तयार रहेको बताउनु भयो । उहाँले सवैलाइ विमाको पहुँचमा पुर्याउन सकेको भए विमानसकारी भुकम्पमा सम्पत्ति तथा ज्यान गुमाउनेहरुका परिवारलाइ राहत हुने समेत बताउनु भयो ।


पोखरा च्याप्टरका अध्यक्ष केशबराज ढकालको अध्यक्षतामा भएको सो कोण सभामा, निप्सका निबर्तमान अध्यक्ष सुनयना पालिखे, सोसाइटी अफ इन्जिनियरिङ्ग एसोसीयसनका पोखरा अध्यक्ष राजेन्द्र लिगल, नेपाल सर्भेयर सोसाइटी (निशा) सम्योजक सुरेन्द्र गोदार, नेपाल इन्जिनियरिङ्ग एसोसिएसनका अध्यक्ष निप्स पोखरा च्याप्टरका सदस्यहरु, पोखरा स्थीत जीवन वीमा तथा निर्जिवन वीमा कम्पनीका कर्मचारी, अभिकर्ता र नेपाल सर्भेयर एसोसिएसन सम्वद्ध ब्यक्तिहरु  लगाएतको उपस्थिति थियो। । कार्यक्रममा  बैशाख १२ आजकै दिन गएको बिनाशकारी महाभुकम्पको स्मरण गदै वीमा सम्वन्धमा जनचेतना अभिबृद्धी गर्ने उदेश्यले  प्लेकार्ड सहितको प्रभातफेरी र्याली निकालीएको हो ।