लमजुङ । लमजुङको भोटेवडार उद्योग वाणिज्य संघको उपाध्यक्ष शम्भुलाल श्रेष्ठलाई बालिका बलात्कारको आरोप लागेको छ । सुन्दरबजार नगरपालिका, ९ भोटेवडारका ४० वर्षीय श्रेष्ठलाई १३ वर्षकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत मंगलबार बालिकालाई घुम्न जाउँ भनेर फकाउँदै सुन्दरबजार नजिकै रहेको विद्युत गृहको ड्याममा लगेर बलात्कार गरेको अभियोगमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको लमजुङका डिएसपी यादव ढकालले बताए ।
पीडित बालिकाले आमालाई घटनाको बिषयमा भनेपछि पीडित परिवारले प्रहरीलाई उजुरी दिएका थिए । उजुरीपछि श्रेष्ठलाई प्रहरीले सिउँडीबारबाट गत बुधबार पक्राउ गरेको लमजुङका डिएसपी ढकालले जानकारी दिए ।