सोमबार देखि बजेट अधिवेशन सुरु हुने , संसद अवरुद्ध गर्ने राजपाको चेतावनी

0
612

 

संघीय संसदको बजेट अधिवेशन सोमबारबाट सुरु हुने भएको छ । यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम यही वैशाख २० गते प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची तय भएको छ ।
संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी ९राजपा०ले बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । पछिल्लो अधिवेशनमा नियमित संसद अवरुद्ध गर्दै आएका राजपाले सोमबारको बैठक पनि अवरुद्ध गर्ने प्रमुख सचेतक लक्ष्मणलाल कर्णले बताएका छन् । मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिकको माग गर्दै राजपाले संसद अवरुद्ध गर्दै आएको हो ।
चालु संसदको चौथो अधिवेशन सञ्चालनका विषयमा संसद सचिवालयले सुचनासमेत जारी गरिसकेको छ ।
आज अपराह्न ४ बजे दुवै सदनको अधिवेशन सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी थिइन् । नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।